जनयुद्ध स्मृति राष्ट्रिय सङग्राहलयको कानुन मन्त्री केसीद्धारा उद्घाटन

मालश्री अनलाइन, श्रावन १८ साउन । जनयुद्ध स्मृति राष्ट्रिय सङग्राहलय त्रिवेणि गाउँपालिकाको तिलाको मुल प्रवेशद्धारको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रमको बिशिष्ट अतिथीमा प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र पुन रहनु भएको थियो ।

 

संघिय सरकारलको ४० लाख र प्रदेश सरकारको ५० लाख गरि कुल ९० लाखमा उक्त सङग्राहलय तथा प्रवेशद्धार निमार्ण गरिएको छ । प्यारामिटर १३५० मिटरको निमार्ण, गेट, घेरवार,जिर्ण अबस्थामा रहेका भवनको मर्मत लगाएको निमार्ण कार्य गरिएको डिबीजन बन अधिकृत दडिलाल कँडेलले जानकारी दिनुभएको छ । त्यस क्षेत्रमा भ्युटावर लगाए अन्य प्रर्यतन प्रबद्धनलाई टेवा पुग्ने खालको भौतिक संरचना समेत निमार्ण गरिने बताइएको छ । सघिंय सरकार र प्रदेश सरकारले डिभिजन बन कार्यालय मार्फत आएको पर्यटन विकास तर्फको बजेटले उक्त भौतिक पुर्वाधार निमार्ण गरिएको हो । डिभिजन बन अधिकृत दडिलाल कँडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राजबहादुर बुढाको रहेको थियो । कार्यक्रमको संचालन सहायक बन अधिकृत विरेन्द्र रोकाले गर्नु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राणा, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र घर्ति, नेकपा रोल्पाका सचिव हरि घर्ति, नेपाली काँग्रेसका मानबहादुर वुढा, त्रिवेािण गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भानबहादुर घर्ति, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, निमार्ण समितीका अध्यक्ष आमबहादुर डाँगी, जिल्ला प्रहरी प्रमुख चित्रबहादुर गुरुङ, रोल्पा शसत्र प्रहरी प्रमुख कर्णबहादुर बुढा लगाएत जिल्लामा कृयाशिल पत्रकारहरुको समेत कार्यक्रममा उपस्थिती रहेको थियो । प्रदेश सरकारको ५० लाख निमार्ण व्यवसायि समिती मार्फत खर्च गरिएको थियो भने संघिय सरकार बाट प्राप्त भएको ४० लाख उपभोत्ता समिती मार्फत खर्च गरिएको थियो । लकडाउनका कारण उपभोत्ता समितीले केहि रकम खर्च गर्न नसकेको जनाइएको छ ।

169 total views, 1 views today