रोल्पा नगरपालिका वडा न. ६ मा सलह किराले बाली नष्ट गर्दै

मालश्री अनलाइन, श्रावन २१ साउन । रोल्पा नगरपालिका वडा नं. ६ कोटागाउँमा सलह किराले किसानहरुले लगाएको मकै खान थालेको छ । मंगलबार हिजो साँझ एक्कासी देखा परेको सहल किराले मकै बालीमा बसेर क्षेती गर्न थालेको हो । सलह किराको झुण्ड रोल्पा नगरपालिकाको पूर्वी भाग बाट प्रवेश गरि कोटगाउँमा कृषकहरुले लगाएको विभिन्न स्थानमा बसेको छ ।

 

अहिले पनि कोटगाउँको मुख्य खेती योग्य जमिन सँवारा भन्ने स्थानमा सलहले मकै बाली नष्ट गरिरहेको छ । आज विहान मौसम सफा र घामलागेको समय देखि मकै वालीमा सक्रिय भई कृषकको मकै वालीमा क्षति पुर्याउन थालेको छ । वेलुका र विहान कृषकहरुले आ—आफ्नो वारीमा सलह किरा टिपीरहँदा पनि सलह किराको झण्ड घटेको छैन । सलह किराको झुण्ड त्यस स्थानमा ठुलै मात्रामा आएकाले किसानहरुको नियन्त्रण भन्दा बाहीर गएको छ । मकै उक्त स्थानका किसानहरुको मुख्य खाद्य बालीको रुपमा प्रयोग गर्ने भएकाले सलह किराले धेरै क्षती पु¥याएमा भोकमरी पर्न सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । किसानहरुले किरा नियन्त्रण गर्न विभिन्न उपाय अपनाए पनि अहिले सम्म नियन्त्रण बाहीर रहेकाले नगरपालिकाको कार्यालय र सम्वन्धित वडा कार्यालयको नियन्त्रणमा ध्याना जानु पर्ने स्थानिय कृषकहरुको माग रहेको छ । कोटगाउँको गाडि पुग्ने स्थानमा सडक प्रयोग गरेर वा सम्झव नभएको क्षेत्रमा हवाइ प्रविधि प्रयोग गरेर समयमा ठुलो झण्डमा रहेको सलह किरा नियन्त्रण गर्न स्थानियहरुको आग्रह रहेको छ । ठुलो आवाज निकालेर, धुवा निकालेर वा टिपेस सलह किरा नियन्त्रण गर्न नसकियकाले तुरुन्त बैकल्पिक उपाए खोज्न स्थानिय सरकारलाई त्यहाका कृषकहरुको माग समेत रहेको छ ।

156 total views, 1 views today