रोल्पाली सबैका प्रिय डा.अनिल केसीको एक कार्यक्रमका विच बिदाई

मालश्री अनलाइन, ५ भदौ । रोल्पा अस्पताल रेउघाका कार्यरत मेडिकल अधिकृत डा. अनिल केसीलाइ एक कार्यक्रमका विच बिदाई गरिएको छ । २०७३ साल मंसिर ६ गते देखी साविक जिल्ला अस्पताल रेउघामा कार्यरत डा. केसी करिव ४ वर्ष पछि सरुवा भइ गण्डकी प्रदेशको बाग्लुङमा सरुवा हुनु भएको हो । केसी सरुवा भइ जान लाग्दा जिल्लाका विभिन्न कार्यालय संघ सस्थाहरुले औपचारीक कार्यक्रम गरेर नै सम्मान एवं बिदाइ गरेका छन । सत्प्रयास समुहले पनि शुक्रबार एक कार्यक्रमका विच केसीलाई सम्मान एवं विदाइ गरेको छ ।

प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथीमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राजबहादुर वुढा र रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण केसी रहनु भएको थियो । सम्मान एवंम बिदाई कार्यक्रममा वोल्दै डा. केसीले रोल्पाले आफुलाइ कहिल्यै नभुल्ने गुण एवं सम्मान गरेकामा रोल्पा र रोल्पाली लाई आफुले पनि कहिल्यै नभुल्ने बताउनु भएको छ । सुरुका चरणमा आफु रोल्पा आउँदा उपचारका लागी विरामीहरु नै अस्पतालमा नआउँदा जाडोको समयमा आगो तापेर वसेको अनुभव ब्यक्त गर्दै केसीले पछिल्लो समय आम रोल्पालीको साथ सहयोग र अस्पताल र डाक्टर प्रतिको विश्वास बढेका कारणले अहिले दैनिक सयाँै विरामिहरु चेक, जाँच गर्नका लागी अस्पताल आउने गरेको उहाको भनाई छ । उँहाले वर्षमा झण्डै ५० देखी १ सय ५० जनाको विचमा अप्रशन गरेरै प्रसूति गराएको उँहाले बताउनु भयो ।

कुनै बेला जिल्ला अस्पतालमा मोवाइलको लाइट बालेर अप्रशेन गरेर प्रसूति गराउनु पर्ने अवस्था रहे पनि अहिले अस्पतालमा प्रयाप्त स्रोत र साधन भएकाले त्यस्तो समस्या चिकित्सकहरुले भोग्नु नपरेको उँहाले बताउनु भएको छ । डाक्टरले औषधि दिएर मात्रै विरामी निको नहुने भएकाले चिकित्सकहरुले विरामी प्रति गर्ने ब्यवहारका कारणले पनि विरामी सन्चो हुने भएकाले आफु सधै विरामी प्रति गर्ने ब्यवहार राम्रो गर्ने प्रयास आफुले गरेको जानकारी दिनु भयो । रुकुमको सदरमुकाम खलंगामा जन्मिनु भएका डा. केसीको माद्यामिक सम्मको कक्षा रुकुम खलंगामा नै हासिल गर्नु भएको थियो । डा. केसीको हालको बसाइ भने काठमाडौमा रहेका छ । सामान्य परिवारका केसी ठुलो संघर्ष पछि यो स्थान सम्म आइ पुगेको अनुभव समेत उँहाले कार्यक्रममा राख्नु भयो । केसीको घर परिवारमा हाल दुइ दिदी वहिनी र आफु सँग गरी दुइ दाजुभाइ पनि डाक्टर पेशामा नै रहेको उँहाले जानकारी दिनु भयो । समाज र सामाजीक क्षेत्रमा फरक पहिचान बनाएका डा. केसि सरुवा भएपछि रोल्पालीलाई असजिलो महसुस गराएको छ ।

कर्मचारीको सरुवा नियमित प्रकृया भए पनि उनको सरुवाले सबैलाई दुखि बनाएको छ । डा. केसिको सरुवा भएपछि ब्यक्तिगत फोन गरेर मन दुखाउनेहरु पनि उत्तीकै रहेका छन् । ईमानदार, क्षमतावान र कर्तब्य निष्ट राष्ट्रसेवकसबै संग छिटै घुलमिल हुने र चौबिसै घण्टा अस्पताल भेटिने उनले आफ्नो अलग्गै पहिचान बनाएका थिए । उहाँको रोल्पालीका लागि ठूलो योगदान रहेको छ । अस्पतालमा पटक पटक आवश्यकता पर्ने रगतको जोहो हुन नसक्दा डा. अनिलले धेरै पटक आफै बिरामीलाई रगत समेत दिएर ज्यान बचाएका छन् । कार्यक्रमको संचालन समुहका खेमबुढाले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता समुहकै काँशीराम डाँगीको अध्यक्षता रहेको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यममा कार्यरत पत्रका स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको रेडियो मालश्रीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

   

 

 

422 total views, 1 views today