रोल्पामा बन्चराेकाे विड प्रहार गरी एक जनाको हत्या

मालश्री अनलाइन, ११ भदौ । परिर्वतन गाउँपालिकाको बागमरामा बन्चरोको विड प्रहार गरी एक जनाको पुरुषको हत्या भएको छ । रोल्पको परिवर्तन गाउँपालिका–३ बागमाराका ४४ वर्षिय रामचरण बादीले बन्चरोको विड प्रहार गरी सोही ठाउँ निबासी ४० वर्षका मनबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिनुभएको छ ।

गैराती करिब २ बजे ढोका ढक्ढकाएपछि ढोका खोलेर किन बोलाएको भनेर सोध्ने क्रममा रामचरणले एक्कासी टाउकोमा बन्चोरोको विड प्रहारी गरी मनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता शंकर खड्काले बताउनु भयो । शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल रेउघा ल्याउदै गरिएको छ, भने हत्यामा संलग्न रामचरणलाई राती नै पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएको छ ।

 

337 total views, 1 views today