जन्मदिनको अवसरमा अध्यक्ष रावत द्धारा स्वास्थ्य सामाग्री सहयोग र विमा गरिदने घोषणा

 

मालश्री अनलाइन,  ३१  भदौ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष रावतले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक सम्पर्क समाज रोल्पाका कोषाध्यक्ष तथा एक सफल ब्याबसायि तेज बिक्रम रावतले बुधबार आफ्नो जन्मदिनको अबसरमा जिल्लाका विभिन्न सरकारी एवं गैरसरकारी कार्यालय यातायात व्यवसायी, रोल्पा उद्योग वाणिज्य सघं पत्रकार महासघ लगाएतलार्ई विश्वव्यापिरुपमा फैलीएको नोवेल कोरोना भाइरस कोविड–१९ लाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

 

कोविड –१९ बाट सुरक्षीत रहनको लागी केहि सहयोग पुगोस भन्ने उद्श्यले नागरिकको सेवामा अग्र पंतीमा रहेका विभिन्न क्षेत्र मध्य जिल्ला प्रशासन कार्यलय रोल्पा लाई ७ सय ३० पिस मास्क, जिल्ला प्रहरी कार्यलय रोल्पा लाई ७०० पिस उद्योग वाण्ज्यि सघ रोल्पालाई ५०० पिस, ससस्त्र प्रहरी कार्यलय रोल्पालाई ४०० पिस, पत्रकार महासघं जिल्ला शाखा रोल्पा लाई ५०० पिस, गैरसरकारी सस्था रोल्पालाई ४०० पिस, रोल्पा जलजला यातायात प्राली लाई ५०० पिस सर्जिकल मास्क हस्तान्तरण गर्ने घोषणा गर्नु भयो । साथै जन्मदिनकै अवसरमा आफु जन्मेको र आफुले वैचारिक रुपमा आस्था राख्दै आएको रुण्टिगढि गाउँपालिका वडा नं. ५ साविकको डुविडाडा गाविस भित्रका नँया र पुराना गरि ७२ जना नेपाली काग्रेसका क्रियासिल सदस्यहरु लाई निःशुल्क रुपमा कोविड –१९ लक्षीत स्वास्थ्य विमा गरिदिने घोषणा गर्नु भएको छ । विमा प्रतिव्यक्ति १ लाख वरावरको गरि जम्मा ७२ लाखको भएको अध्यक्ष रावतले बताउनु भयो । रुण्टिगढि गाउँपालीका वडा ५ डुविडाडा नँया गाउँमा वि.स २०४५ सालमा जन्मनु भएका रावत एक आत्मा विश्वासी, सवै संग मिल्न सक्ने मिलनसार, सहयोगी र एक निडर क्षमतावान व्यक्ति र सफल व्यवसायीको रुपमा चिनीदै आउनु भएको छ । पछिल्लो समय आफ्नो जन्मदिनको अवसरमा ठुलो रकम खर्च गरि खाएरै जन्मदिन मनाइ फोजुल खर्च गर्ने प्रचलन दैनिक वढिरहेको बेला यसरी सवैले अध्यक्ष रावत जस्तै जन्म दिनको अवसरमा समाजीक क्षेत्रमा सहयोग गरि उदारणिय काम गर्न सकेमा पक्कै पनि समाज परिवर्तणमा सकरात्मक भुमिका रहने छ ।

 

300 total views, 1 views today