मगर सघं रोल्पाद्धारा पहिरोमा परि २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण

मालश्री अनलाइन, १ असोज  । नेपाल मगर सघं रोल्पाले पहिरो पिडित तथा २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । यहि भदौ २७ गते रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ ऐपेमा गोठ माथिबाट पहिरो आउदा दुई २ सन्तान गुमाएका नन्नकली घर्तिको परिवारलाई विहिबार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनको अगुवाइमा नेपाल मगर सघं केन्द्रिय समितिको आहवहान र अन्तराष्ट्रिय मगर महासघंको वेलायत समन्वयमा रकम संकलन गरि पठाएको रकम मध्य २० हजार रुपैया विहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको मगर सघं रोल्पाका अध्यक्ष कुम वहादुर पुनले जानकारी दिनुभयो ।

लुग्री गाउँपालीका अध्यक्ष दुर्गा वहादुर खड्काको रोहवरमा पिडित घर्तिको घरमै पुगी नेपाल मगर सघं रोल्पाका अध्यक्ष कुम बहादुर पुन, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार तथा नेपाली काग्रेसका निःवतर्माण पार्टि सभापती एवं समाज सेवि कृष्ण वहादुर घर्तिमगर, नेपाल मगर सघंका केन्द्रिय सल्हाकार नौलसीङ पुन लगाएतले उक्त रकम हस्तान्तरण गुर्न भएको हो ।

 

 

359 total views, 1 views today