संविधान दिवसको अवसर पारेर नगरपालिकाद्धारा पहिरोपिडितहरुसँग भेटघाट

असोज ४ रोल्पा । संविधान दिवसको अवसर पारेर रोल्पा नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग प्रत्यक्षस्थलमा पुगेर भेटघाट गरेको छ । विकासके क्षतिभएको उक्तक्षेत्रमा विकासनिमार्ण सँग सरोकार राख्ने सरोकारवालाहरुलाई लिएर नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग भेटघाट गरेको हो ।
रोल्पा नगरपालिकाको वडा नम्बर ८ जंकोट रोल्पाका विभिन्न स्थानमा गएको पहिरोले हाल सम्म ७ घर भत्कीएका छन् ।

२४ घरधुरीहरु उच्च जोखिममा, ४३ घरधुरी जोखिममा, ७९ घरधुरीको खेतीयोग्य जमिन पहिरोका कारण बगाएर लगेपछि चिन्तित भएका स्थानीयहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने र उनीहरुलाई राहत दिने साथै विकासका कार्यहरुमा सहजसेवा प्रदान गर्ने उदेश्य स्वरुप रोल्पा नगरपालिकाको आयोजनामा बिपद ब्यवस्थापन समितिले अनुगमन गरेको छ । मा. ५ नम्बर प्रदेससभा सदस्य दिपेन्द्रकुमार पुन, जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढा, सदस्य कर्मलाल परियार, नगर प्रमुख पूर्ण केसी, बिपत ब्यवस्थापन समितिका संयोजक तथा प्रजिअ नरेन्द्रकुमार रानामगर, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, प्रनाउ नरेशराज सुवेदी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र घर्ती, खानेपानी डिभिजन प्रमुख अरबिन्द हुसेन, सशस्त्र प्रनाउ होमनाथ भटटराई, सडक पूर्वाधार कार्यालयका निमित्त प्रमुख नविन श्रेष्ठ, खानेपानी कार्यालयका राजकिशोर मण्डल, नेपाल बिद्युत प्राधिकरण प्रमुख श्यामकुमार शर्मा लगायत विभिन्न विकास सँग सम्बन्धित सरोकारवाला कार्यालयका प्रमुखहरुको उपस्थितिमा अनुगमन कार्य सम्पन्न भएको छ । अनुगमन समितिले स्थानीयहरुसँग प्र्र्रत्यक्ष भेट गरेर उनीहरुलाई तत्काल राहतका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । संविधान दिवसको अवसर पारेर सरोकारवालाहरुलाई प्रत्यक्षस्थलमा स्थानीयहरुसँग भेटघाटको अवसरले निकै सकारात्मक परिणाम निस्नेमा नगर प्रमुख केसीले आशा ब्यक्त गर्नुभयो । सहभागिहरुलाई रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोटका वडा अध्यक्ष सनसीं बुढाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त क्षेत्रमा यसरी पहिरो गएपछि बिजोगपूर्ण अवस्थामा स्थानीयले दिनचर्या काटीरहेका छन् । वडा अध्यक्ष बुढामगरको पहलमा राहत संकलन अभियान टोली गठठन भएको छ । हाल उक्त समितिमार्फत राहत संकलन गरि स्थानीयहरुको तत्काल उद्धारकार्य भइरहेको अभियानटोलीका सदस्य कुमबहादुर पुनमगरले बताउनुभयो । देश विदेशबाट राहतका लागि नेपालीहरुले सहयोग पठाइरहेका छन् ।
रोल्पा नगरपालिकाले पहिरोको जोखिममा रहेकाहरुको बासस्थान सार्ने सुरक्षित स्थानमा ब्यवस्थापन गर्ने विषयमा समेत पहल गरीरहेको नगर प्रमुख केसीले बताउनुभएको छ ।

204 total views, 1 views today