सुनिलस्मृतिमा असोज ११ देखि जोर विजोर प्रणालीबाट विद्यालय सञ्चालन गर्ने

मालश्री अनलाइन, ४ असोज  ।  सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको चालु आ.व. २०७७÷०७८ को तेश्रो कार्यपालिका वैठकले असोज ११ देखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ । कोभिड–१९ लाई मध्येनजर गर्दै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालिबाट सञ्चालन गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा वसेको कार्यपालिका वैठकले महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

गिट्टी वालुवा ठेक्का वन्दोवस्त गर्ने, कवाडी समान ठेक्का वन्दोवस्त गर्ने, सुरक्षित नागरि आवास कार्यक्रम ८ वटै वडा मध्ये प्रत्येक वडामा २७ घरधुरी र वडा नं. २ लाई २८ घरधुरीका दरले छनौट गरेको छ ।
त्यसैगरि सर्शत अनुदान तर्फ विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि वडा नं. १ को देविभक्त आधारभूत विद्यालय थुम्पाकीलाई शौचालय, वडा नं. ४ को सुर्योदय माध्यामिक विद्यालय, वडा नं. ५ को वालवोध आधारभूत विद्यालय र वडा नं. ८ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि छनौट गरेको छ ।

387 total views, 1 views today