घर निमार्ण गर्दा लागेको ऋण तिरी नसक्दै, घरनै पहिरोले भत्काइ दियो ।

 

मालश्री अनलाइन, ७ असोज  । रोल्पामा लगातार परेको अबिरल बर्षादको कारणले घर माथि बाट पहिरो आउँदा एक घरमा पुर्ण रुपमा क्षेती पु¥याएको छ । सुनिलस्मृती गाउँपालीका वडा न. १ तुषारपानी रोल्पा निबासि बिष्णु घर्ति मगरको घर माथिबाट पहिरो आउदाँ घर पुर्ण रुपमा क्षेती भएको छ । घर माथि बाट पहिरो आएर घर भत्काउँदा घर लगाएत घरमा रहेको भाँडा कुदा,लत्ता कपडा, आदि गरि करिब १० लाख बराबरको क्षेती भएको पिडित बिष्णु घर्ति मगरले जानकारी दिनु भएको छ ।

 

घर्तिले गत बर्ष मात्र ऋण काधेर निमार्ण गरेको ३ कोठे जस्ता पाताले छ्वाएको तिन कोठाकाे घर पहिरोले भट्काइ दिए पछि अहिले घर्ति परिवार आफ्नो भाई श्रीधर घर्तिको घरमा आश्रय लिएर बसिरहेका छन् । पहिरो बिहानको समयमा र बिस्तारै आएको हुनाले घरमा सुति रहेका मानिसहरु भागेर बाच्न सफल रहेको स्थानिय बासि एवंम त्यहाका एक बिद््यालयका शिक्षक नारायन के.सि.ले जानकारी दिनु भएको छ । नयाँ घर बनाएर एक बर्ष पनि घरमा राम्रो सँग बस्न, पाइएन घर बनाउदाँ लिएको क्रण अझै २ लाख साहुलाई तिर्न बार्कि छ । अब अर्को घर कसरी बनाउने अब कहाँ बस्ने भनि भक्कानिय घर्ति । सोहि दिन परेको चट्याङको कारणले पंचिकोटमा पदम घर्तिको घरमा पनि सामान्य क्षेती पुराएको शिक्षक  के.सि.ले जानकारी दिनु भयो ।  

 

352 total views, 3 views today