सुनछहरी गाउँपालिकमा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

मालश्री अनलाइन, २० असोज  ।  सुनछहरी गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । सुनछहरी गाउँपालिकाको सभाहल पोबाङमा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष आसबहादुर पुन रहनु भएको थियोे । बैठकले गाउँपालिका विपद कोषबाट विभिन्न ब्यक्तिहरु लाई राहत दिने निर्णय गरेको छ ।

 

राहत पाउनेहरुमा राजकुमार रोका सुनछहरी (७ जेलबाङ का आगलागी पिडित, पहिरो पिडित देउसिङ घर्ती, बुद्धिमाला परिवार,बालाराम पुन र मनबिर खत्री सुनछहरी (५ जैमाकसला का आसपुरी रोकामगर, देविसरा रोका र निमा पुनमगर लाई राहत दिने निर्णय गरिएको गाँउपालिकाले जानकारी दिएको छ । ।साथै विश्वभर फैलिएको कोभिड (१९ कोरोना भाइरसको कारण बिधालयहरुमा बिद्यार्थी तथा शिक्षकहरुले जोखिमपुर्ण वातावरणमा पढाई संचालन गराइराखेका विद्यालयलाई स्वास्थ सामाग्री वितरण गर्ने बताइएको छ । गाउँपालिका बिपद कोषबाट बिधालयहरुमा अध्ययनरत बिद्यार्थीहरु लाई प्रति बिद्यार्थी हात धुने साबुन एक र प्रति बिद्यार्थी दुई मास्क साथै प्राथमिक बिद्यालयमा २ लिटर,आधारभुट बिधालयमा ३ लिटर र माध्यमिक बिधालयमा ४ लिटर सेनिटाईजर वितरण गरिने भएको छ । साथै कोभिड(१९ संक्रमण,रोकथाम,उपचार तथा व्यवस्थापन तालिम लिएका जनशक्तिहरुले गाउँपालिकामा रहेका सबै माध्यमिक बिधालयहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने,गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक नियमित बैठक प्रत्येक महिनाको २५ गते बस्ने निर्णय गरिएको गाउँपालिका विपद व्यवस्थापन फोकल प्रसन दया बहादुर बुढाले जानकारी दिनु भयो ।

 

227 total views, 1 views today