रोल्पा आईटीएफ तेक्वान्दो संघको करारमा प्रशिक्षकमा दीपक वि.क नियुक्ति

असोज २२ रोल्पा । रोल्पा आईटीएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आई.टि.एफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको हो । प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको विकासका लागि दीपक वि.क.लाई प्रशिक्षकको रुपमा नियुक्ति गरिएको रोल्पा आई.टी.एफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठा मगरले बताउनु भयो ।

संघले दोस्रो डान तेक्वान्दोका प्रशिक्षक विकलाई करारमा प्रशिक्षक नियुक्त गरिएको हो । प्रशिक्षक विकले यस अघी गोवा आईटिएफ तेक्वान्दो एकेडेमीमा २ वर्ष प्रशिक्षको जिम्मेवारी बहन गरेका थिए । विकले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता समेत हुन । उनले १३औँ साउत एन्ड वयस्ट भारत आमन्त्रित आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा (५१(५७) के जि समूहमा तेस्रो स्थान प्राप्त गरेका थिए भने चौथो दक्षिण एसियायी आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए । तेस प्रतियोगितामा पनि ऊनको तौल समुह (५१(५७)नै थियो ।

त्यसै गरि पाचौं दक्षिण एसियायी आमन्त्रित आईटीएफ तेक्वान्दो च्याम्पियनसिप २०१६ मा (५१(५७) तौल समूहमा दोस्रो स्थान हासिल गरेका विक राष्ट्रिय रेफ्री समेत हुन । २०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक विकले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठा मगरले जानकारी दिए ।

810 total views, 1 views today