नेपाली कांग्रेस रुन्टीगढीद्वारा गाउँपालिकालाई २१ बुदे माग पत्र ज्ञापन

 

मालश्री अनलाइन, २९ असोज ।  निकै अनियमितता भएको भन्दै नेपाली कांग्रेस रुन्टीगढी गाउँपलिकाले २१ बुदे माग सहित स्थानीय सरकार रुन्टीगढी गाउँपालिकालाई माग पत्र बुझाएको छ । निर्बाचन भए यता गाउँपालिकामा चरम लापरबाही र अनियमिता भएकाले गाउँबासी जनताका पक्षमा रहेर १५ दिने अल्टिमेटम सहित २०७४ शाल यता गाउँपालिकाले विभिन्न शीर्षकमा गरेको खर्च विवरणको माग गर्नु परेको नेपाली काङ्ग्रेस रुन्टीगढीका सभापति जनक पुनको भनाई रहेको छ।

नेपाली कांग्रेस रुन्टीगढी सभापति जनक पुन,छाँया सरकार प्रमुख टेकबहादुर बस्नेत,९ वटै वडाका पार्टी सभापति र तरुणदलका अध्यक्ष सहितको टोलीले गाउँपालिकाका पुगेर गाउँपालिकाकै प्राङ्गणमा माग पत्र अध्यक्ष बालाराम बुढालाई बिहीवार दिउँसो ज्ञापन गरेको हो।हालसम्मको गाउँपालिकाले गरेको सम्पुर्ण खर्च विवरण सहित माग गर्दै महेन्द्र मावि होलेरीका सामाजिक बिषयका शिक्षक कुलराज आचार्यलाई अनावश्यक रुपमा गाउँपालिकामै राखिएको र बिद्यालयमा बिषयगत शिक्षक अभाव भएको भन्दै तत्काल बिद्यालयमा खटाउन माग गरेका हुन्।त्यस बाहेक गाउँपालिकाको वडा नम्बर १ लिबाङीआप स्थित वडा कार्यालय निर्माण गर्दा मज्दुरहरुको लाखौं रुपैया ठगिएको र वडा नम्बर ८ स्थित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत काम गरेका मज्दुरहरुको लाखौं रुपैया ठगी भएको बिषयमा तत्काल पारिश्रमिकता दिन र ठगी गर्नेहरुलाई कार्बाहीको समेत माग गर्नु भएको हो।स्थानिय सरकारले सभापति पुनको उक्त माग पश्चात छाँया सरकार प्रमुख टेकबहादुर बस्नेतले गाउँपालिका अध्यक्ष बालाराम बुढालाई माग पत्र बुझाएका हुन्।१५ दिनको समय दिएको र स्थानिय सरकारले उक्त मागपत्रको बेवास्ता गरेको खण्डमा चरणबद्व रुपमा आन्दोलन गरिने सभापति पुनको भनाई रहेको छ । माग पत्र बुझ्दै गाउँपालिका अध्यक्ष बुढाले कार्यपालिकाको बैठकमा छलफल गरेर मागिएको बिषयहरुको आवस्यकता अनुसार विवरण दिन सकिने बताएका छन्।

 

753 total views, 1 views today