वडा अध्यक्ष क्षेत्रीद्धारा दशैँ भत्ता फिर्ता

मालश्री अनलाइन, ४ कार्तिक । सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले दशैँ भत्ता फिर्ता गर्नु भएको छ । संघिय सरकारमा रहेका विभिन्न संसद र मन्त्रीहरुले आफुले पाएको दशैँ भत्ता फिर्ता गरिरहेको अबस्थामा स्थानीय तहमा गाउँ पालिकाले प्रदान गरेको स्वाही शीर्षक को रकम रोल्पा जिल्लामा पहिलो पटक सुनिल स्मृति गाउँ पालिका वडा नम्बर ४ का वडाध्यक्ष गंज बहादुर क्षेत्रीले पनि फिर्ता गर्नु भएको हो । मोटरसाइकल दुर्घटनामा परि बेड रेस्टमा रहेका वडा अध्यक्ष क्षेत्रीले आफ्नो मोबाइल मा पैसा जम्मा भएको मेसेज आए पछी गाउँ पालिका मा सम्पर्क गर्दा उक्त रकम प्रदेश सरकारले गरेको निर्णय बमोजिम चाड पर्ब खर्च भनि रु.१२००० जम्मा गरिदिएको जानकारी पाएको बताउनु भएको छ । चाड पर्ब खर्च भनेर पहिले पनि नलिएको र अहिले झन् यस्तो अबस्थामा लिने कुरै भएनर क्षेत्रिले भन्नु भयो ।

आफ्नो खातामा जम्मा भैसकेको रकम फेरी गाउँ पालिकाको खातामा हाल्दा त्यहि शिर्षक मै मात्र रहने हुँदा उक्त रकम विपदमा परेका व्यक्ति हरुको सहयोगार्थ गाउँ पालिकाको प्रकोप ब्यबस्थापन कोष को खाता नम्बर ८२०४०१००००००७ मा जम्मा गरेको अध्यक्ष क्षेत्रीको भनाई छ । प्रदेश नं. ५को “ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुबिधा सम्बन्धि ऐन २०७६“ ले चाडपर्ब खर्च भनि गा.पा .अध्यक्ष र उपाध्यक्षलाइ रु .१५–१५ हजार वडाध्यक्षलाई १२००० .कार्यपालिका सदस्यलाई १०००० र सभाका सदस्यहरुलाई ७००० लिने गरि पारित गरेको थियो । रोल्पा जिल्लामै सबै भन्दा पहिले चाड पर्ब खर्चको रुपमा पाएको रकम फिर्ता गर्ने वडाध्यक्ष क्षेत्रीले यस भन्दा पहिले पनि आफुले पाएको सेवा सुविधाहरु वडामा संचालित सडक मर्मत तथा गरिब, जेहेन्दार बिद्यार्थीको सहयोग लगायात का काम हरुमा खर्च गर्दै आउनु भएको छ ।

 

 

 

527 total views, 1 views today