प्यूठानमकाे नौबहिनी गाउँपालिका–५ डामृमा गोली लागेर ७१ वर्षीय वृद्धको मृत्यु

मालश्री अन्लाइन, १० कार्तिक । नौबहिनी गाउँपालिका–५ डामृमा गोली लागेर एक वृद्धको ज्यान गएको छ । ७१ वर्षीय दल बहादुर सुनारको दशैको दिन विहानै गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बारीमा बादरको हुललाइ धपाउने क्रममा हेमलाल सुनारले चलाएको भरुवा बन्दुकको गोली लागेको हो । घटना भएलगत्तै ३४ वर्षीय सुनार आफै प्रहरी चौकी डामृमा पुगेर घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ । सुनारलाई जिल्ला प्रहरी कार्यालय खलंगामा राखिएको छ । घटना विहान ७ बजे भएको थियो ।

245 total views, 2 views today