रोल्पा आइटिएफ तेक्वान्डो संघद्धारा आज एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, २१ कार्तिक । आइटिएफ तेक्वान्डो संघले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । कोभिड १९को कारण माहामारी फैलिरहेको वेला भाइरसको तीव्र संक्रमणबाट बच्न घरमै वस्न बाध्य भएकाले खेलाडीहरुको मनोवल बढाउने उदेश्यले प्रथम परिवर्तन भचुअल तेक्वान्डो प्रतियोगिता गर्न लागेको जनाएको छ ।े रोल्पा आई.टि.एफ. तेक्वान्दो संघ तथा नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रथम परिवर्तन भर्चअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगिता यहि आउदो पौष महिनाको ११ गतेदेखि १५ गते सम्म अनलाइन मार्फत रोल्पा जिल्लामा आयोजना गर्न गईरहेको विज्ञाप्ती मार्फत जनाइएको छ । आई.टि.एफ तेक्वान्दो भर्चुअल राष्ट्रिय प्याट्रन प्रतियोगिता चौथो संस्करण सम्म महत्वपूर्ण सफलताका साथ सु–सम्पन्न गरिसकेको बताइएको छ । यस प्रतियोगिताको लागी विभिन्न निकायबाट सहयोग तथा प्रायोजन स्वरुप खर्च गर्ने गरी जम्मा रु पाँच लाख अनुमानित बजेट तय गरिएको छ ।यस प्रथम परिवर्तन भर्चअल टेक्वान्दो (आई.टि.एफ) राष्ट्रिय खुल्ला प्याट्रन प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्नका लागि संघका अध्यक्ष विक्रम बाठामगरको संयोजकत्वमा मुल आयोजक कमिटी र अन्य उप समिति समेत गठन गरिएको विज्ञप्ती मार्फत जनाइएको छ ।

122 total views, 1 views today