माडी गाउँपालिका ५ भाबाङ रोल्पामा पत्रकार सम्मेलन सम्पन्न

सन्दिप डाँगी, कार्तिक २६ रोल्पा । माडी गाउँपालिका वडा नं. ५ भाबाङ रोल्पामा पत्रकार सम्मेलन सम्पन्न भएको छ । सिद्धपुजे परोपकारी समाज सेवा भाबाङले आयोजना गरेको कार्यक्रम श्री सिद्ध बराह तथा महादेब मन्दिरको प्राङगणमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता सिद्धपुजे परोपकारी समाज सेवाका अध्यक्ष तारा प्रसाद खत्री रहनुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन, बिशिष्ट अतिथि माडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष भरत बहादुर बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगाएत जिल्ला स्थित पत्रकार सहितको टोली, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । प्रमुख अतिथि पुनले भावाङको पर्यटन बिकास र समग्र ऐतिहासिक महत्त्वका बिषयलाई जोडेर संरक्षणमा लाग्न जरुरी रहेको बताउनुभएको छ । संस्थाका अध्यक्ष खत्रीले कार्यक्रमको बारेमा जानकारी दिदै सुरुभएको कार्यक्रमको संचालन रोशन परियारले गर्नुभएको थियो ।

 

 

 

भावाङमा लाग्ने ऐतिहासिक मेला यस पटक कोरोना भाइरस कोभिड १९ ले गर्दा नलाग्ने भएको हो । पत्रकार सम्मेलनमा पुजा गरिने मन्दिरको संरक्षण, सम्बद्र्धन गर्नका लागि आर्थिक संकलन कसरी गर्न सकिन्छ र धार्मिक पर्यटनलाई टेवा पु¥याउनका लागि बृहत छलफल गरिएको थियो । यस सिद्ध बराह तथा मन्दिरमा भक्तजनले जे माग्यो त्यही पुरा हुने धार्मिक बिश्वास रहेको छ । यहाँ मेला लाग्दा दुख, पीडा बिर्शनको लागि साइली बरै गित गाउने, सम्पुर्ण छरछिमेकी, इष्टमित्र, नातागोता भेटघाट गरेर माया साटा साट गर्ने प्रचलन रहेको छ । हरेक बर्षको कार्तिक महिनामा लाग्ने उक्त मेलामा ६०/७० वटा बोका साँडाको बली दिइने गरिन्छ ।

 

 

 

 

 

169 total views, 3 views today