रोल्पामा प्रजातान्त्रिक विचार समाजको जिल्ला स्तरिय तदर्थ समिती गठन

 

सन्दिप डाँगी, कार्तिक २६ रोल्पा । प्रजातान्त्रिक विचार समाजको जिल्ला स्तरिय तदर्थ समिती गठन गरिएको छ । रोल्पाको सदरमुकाम लिबाङमा एक औपचारीक कार्यक्रमका विच समिती गठन गरिएको हो । कार्यक्रमको सभापतित्व भर्चुअलको माध्यमबाट प्रेसशंकर दिवस मजगैयाको रहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा डा. केदार नरसिंह केसी रहनु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमको विशिष्ट अतिथीहरुमा पुर्व राज्य मन्त्री नेपाली काँग्रेस रोल्पाका सस्थापक पार्टि सभापति सुरेन्द्र हमाल, बर्तमा पार्टि सभापती अम्मरसिङ पुन, केन्द्रिय पदाधिकारीहरु कुलचन्द्र वाग्ले, विमला शाक्य रहनु भएको थियो ।

 

कार्यक्रमको अन्य अतिथीहरुमा नेपाली काँग्रेस निबर्तमा पार्टि सभापति कृष्णबहादुर घर्ती, पार्टि सचिव मोहन परियार लगाएत २५ जनाको सहभागिता रहेको थियो । सोही अवसरमा विचार समाजको जिल्ला स्तरिय समिती समेत गठन गरिएको छ । जसको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने उपाध्यक्ष शालिकराक केसी , सचिव रेखा नेपाली, कोषाध्यष वुद्धिजिवी सेजवाल, सहसचिव हिमाली खड्का लगाएत १५ सदस्सिय समिती गठन गरिएको छ । त्यस्तै ५ सदस्सिय सल्लाहकार समिती समेत गठन गरिएको छ । समितीको सदस्यहरुमा कुलचन्द्र आचार्य, विनोद अचार्य, सिता शर्मा, नरेन्द्रध्वज जिसी र कमलकुमार खड्का रहनु भएको आयोजकले जानकारी दिएको छ ।

 

 

153 total views, 1 views today