रोल्पा समाचार राष्टिय साप्ताहिकले आज १५ औँ वार्षिकोत्सव मनायो

 

सन्दिप डाँगी, कार्तिक २६ रोल्पा । रोल्पा समाचार राष्टिय साप्तिाहीकको आज १५ औँ वार्षिकोत्सव एक कार्यक्रम विच लिबाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्र पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथीमा जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राजबहादुर वुढा रहनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार राना, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली काँग्रेस रोल्पाका सविच मोहन परियार, नेपाली काँग्रेस रोल्पाका निवर्तमा पार्टि सभापती तथा समाज सेवी कृष्णबहादुर घर्ती, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, पत्रिकाका सस्थापक एवं बर्तमान सल्लाहकार विपिन कवर र पुरस्कृत हुनेहरुको तर्फबाट विनोदा डाँगीले लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

 

 

वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट कर्मचारी शर्मिला विक, साहित्यिक सृजना, लेख रचना दिनेहरु मध्य बाट ३ जना विनोद डाँगी, पुर्ण भण्डारी र लोकेन्द्र सेन लाई प्रशंसा पत्रले सम्मान गरिएको छ । कोरोना कहरलाइ मध्यनजर गर्दैै अस्थाइ आइसुलेसन केन्द्र रोल्पालाई जिल्ला समन्वय समितीका प्रमुख तथा जिल्ला विपद व्यवस्थापन समितीका संयोजक बुढालाई हस्तान्तरण गर्नु भएको हो ।

 

 

 

 

120 total views, 2 views today