तिहार नजिकीए सँगै परिवर्तन गाउँपालिकामा देउसी भैलो खेल्न प्रतिबन्ध

सन्दिप डाँगी, कार्तिक २६ रोल्पा । परिवर्तन गाउँपालिका गाउँकार्य पालिकाको कार्यालय पुतलाचौर रोल्पाले विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड(१९ संक्तमण जोखिमलाई मध्यनजर गर्दै,तिहारमा हुने देउसी भैलो तथा भिडभाड जस्ता लगाएतका कार्यक्रमहरुमा प्रतिबन्ध गरिएको बताइएको छ। नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा देउसी भैलो तथा भिडभाड हुनेगरि नाचगान नगर्न आग्रह गरिएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताउनुभएको छ।त्यसैगरी तिहार शुरूवात हुँदै गर्दा एकाएक देउसी भैलोको तयारी भइरहेकोे वडा कार्यालय मार्फत बताइएको छ । परिवर्तन गाउँपालिका भित्रका सम्पुर्ण टोलहरुमा कोभिड(१९ महामारीलाई समयमै रोकथाम गर्न र गाउँपालिकाबाट प्रतिबन्धित गतिविधि संचालन नगर्न आग्रह गरिएको परिवर्तन गाउँपालिकाका प्रमुख निमकांन्त डाँगीले बताउनुभएको छ। साथै प्रत्येक टोल तथा वस्तीहरुमा सचेतना कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरिएको त्यहाँबाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ।

 

44 total views, 1 views today