पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

 

मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका संस्थापक अध्यक्ष काशिराम डागी,पास नेपालका जिल्ला संयोजक सोयब अहमद लगायत विभिन्न संन्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थति रहेको थियो ।

 

कार्यक्रममा सहभागीहरुले सुरक्षित गर्भपतन संम्वन्धि कार्यक्रमहरु ग्रामिण स्थर सम्म पुर्याउन सुझाव दिएका थिए । जिल्ला स्वास्थ कार्यालय रोल्पाका प्रमुख अनिल केसी र पास नेपालका संयोजक सोयव आलमले नेपालमा गर्भपतनको अवस्था,गर्भपतनका असर, सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ अधिकारको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको संन्चालन पास नेपालकी दिलकुमारी बुढाले गर्नु भएको आयोजकले जानकारी दिएको छ । पास नेपाल रोल्पाको सुरक्षित गर्भपतन संम्वन्धि कार्यक्रम जिल्लाका १० बटा गाउपालिकामा संन्चालन भइरहेको समेत बताइएको छ ।

 

183 total views, 19 views today