अखिल नेपाल किसान महासंघ जिल्ला समिती रोल्पाद्धारा ज्ञापन पत्र पेश

 

मालश्री अनलाइन कार्तिक २७ रोल्पा । अखिल नेपाल किसान महासंघ जिल्ला समिती रोल्पाले जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र वुझाएको छ । आफ्नो विभिन्न मागहरु सहित जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बुझ्नु भएको थियो । ज्ञापन पत्रमा गहु लगाउनु भन्दा पहिले नै मल र विउको आपुर्तिको तुरुन्त व्यवस्था गर्न, सिचाइ र सिचाइलाई चाहिने विद्युतको सहुलियतमा सत प्रतिशत छुट, कृर्षीमा भ्रष्टचारलाई बन्द गर्न, महङ्गीलाई पुर्ण नियन्त्रण, कोभिड १९ को उपचार सरकारले गर्नु पर्ने अदालतको फैसला कार्यन्वयन गर्नु पर्ने, कोभिडका कारण समस्यामा परेका किसानलाई राहत र पुर्नस्थापना गर्नु पर्ने, आधुनिक कृर्षि प्रणाली लागु गर्ने, राष्टिय कृर्षी उत्पादनलाइ प्रोत्साहन गर्ने लगाएतका मागहरु ज्ञापन पत्रमा राखिएको छ ।

 

अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य तथा महासंघ रोल्पा प्रतिनिधी मण्डलका संयोजक डिवी विष्टले ज्ञापन पत्र पेश गर्नु भएको थियो । ज्ञापन पत्र पेश गर्ने कार्यक्रममा राष्टिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्ट, जिल्ला कोषाध्यक्ष तिलक केसी, नेता केवि थापा, अखिल छैठौका जिल्ला अध्यक्ष खगेन्द्रा विष्ट लगाएतको उपस्थिति रहेको थियो । ज्ञापन पत्र मार्फत गरिएको मागहरु नेपाल सरकारले तत्परता नदेखाएमा किसानका सम्पुर्ण समस्याहरुलाई लिएर संघर्षमा उत्रने चेतावनी समेत दिएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी केसीले कृषि प्रधान देशमा यसरी मागहरु लियर आउनु जायज भएको भन्दै ज्ञापन पत्र मार्फत गरिएका मागहरु आफुले माथिल्लो निकायमा तुरुन्त पु¥याउने समेत प्रतिवद्धता जाहेर गर्नु भएको जनाइएको छ ।

38 total views, 1 views today