पूर्वसभामुख महरा पत्नी सीताको रोल्पामा श्रद्धाञ्जी सभा

 

मालश्री अन्लाइन, १ मंसिर । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा रोल्पामा आज श्रद्धाञ्जी सभा सम्पन्न भएको छ ।। रोल्पा नगरपालिकाको मेबाङमा रहेको पुर्खेयौली घरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्ति, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी. लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, समुन्वय समिति रोल्पााका प्रमुख राज बहादुर वुढा ,प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना, नेपाली काग्रेसमा पुवर््ा सांसद लेखनाथ आचार्य,पत्रकार ,जिल्लाका नेता, सबै स्थानीय तहका प्रमुख लगायत शुभेच्छुकहरुले सभामा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

 

। शोकलाई शक्तिमा बदल्दै शोकाकुल परिवारजनले महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभएको छ । परिवारजनले स्व. मेडमको स्मृतिस्वरुप १ लाख २५ हजारको अक्षयकोष खडा गरेर त्यसबाट आउने ब्याजले गरिबदुखिको स्वास्थ उपचार गर्ने, बामरुकको बिधालयकालागि १ लाखको शैक्षिक अक्षयकोष, आफ्नो पैतृक घरको एक कोठा पुस्तकालय र एकहल म्युजियम बनाउने, मन्दिरको तल्लोतलालाई स्व. सीता महराज्युको नामाकरण गर्ने, गाउँको सेवाकालागि स्व. मेडमको नामबाट पाटिपौवा अर्थात बिसौना निर्माण गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको महराले परिवारजनको तर्फबाट घोषणा गर्नुभएको छ । नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको संन्चालन सुनछहरी गाउपालिकाका अध्यक्ष आस बहादुर पुनले गर्नु भएको आयोजकले बताएको छ ।उपचारका क्रममा काठमाडौंमा निधन भएकी सीताको काठमाडौंमै अन्तिम संस्कार गरेर महरा परिवारले दाङमा परम्परागत रुपमा काजकिरिया गरेको थियो । १३ औं दिनको काम सकेलगत्तै महरा परिवार रोल्पा आएको बताइएको छ ।

 

सीताले आफ्नो अन्तिम क्षणहरु पुर्खेयौली घर मेबाङमै विताएकी थिइन् ।मेबाङमै रहेका बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो।नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते सीताको निधन भएको थियो । दाङमा १३ औं दिनको श्रद्धाञ्जली सभा कार्यक्रम सकेर रोल्पा आएको पारिवारीक श्रोतले बताएको छ ।

 

277 total views, 2 views today