रोल्पा अस्पतालको नियिमत सेवा आजदेखि सुचारु

 मालश्री अन्लाइन, ३ मंसिर । , रोल्पा अस्पताल रेउघामा एक डाक्टर सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टिपछि बन्द सेवाहरु आजदेखि सबै सेवा सुचारु भएका छन् ।

 

 

विरामीहरुलाई सेवामा सहज भएको छ ।यस अस्पतालमा २३ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द आज सुरुवा भएको सूचना अधिकारी कुल बहादुर डाँगीले बताउनुभयो । सङ्क्रमितमध्ये ६ जनाको पिसिआर रिर्पाेट नेगेटिभ आएको छ भने बाँकी ४ जनाको पिसिआर रिर्पाेट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा कोरोना भाइरस सङ्क्रमितहरुको अवस्था सुधार भएको छ । भाइरस समुदाय स्तरमा प्रवेश गरेको छ वा छैन भनेर अस्पतालले लक्षण भएका करीव ६ जना व्यक्तिको स्वाव संकलन गरी पसिआर परीक्षणको तयारी अस्पतालले गरेको उहाँले बताउनुभयो ।

148 total views, 5 views today