अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको दिवस रोल्पामा पनि मनाईयो

मालश्री अन्लाइन, २४ मंसिर ।  अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा रोल्पामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भ्रष्ट्राचार विरुद्ध एकजुट वनौ, भष्ट्राचारको विरोध गरौँ भन्ने मुल नाराका साथ वागेस्वरी असलसाशन युवा क्लवको शाखा रोल्पाले सदरमुकाम लिबाङमा एक अन्तरक्रिया र्काक्रम सम्पन्न गरको हो । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी गराएको छ ।

अन्तरक्रिया कार्यक्रमा वोल्ने हरुमा जिल्ला समन्वय समिति रोल्पाका कार्यवाहक प्रमुख कर्मलाल परियार, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा दोरङ्गा, नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियार, बास क्लवका सल्लाहाकार राजनितिज्ञ एवंम समाजसेबि कृष्ण वहादुर घर्तिमगर, निर्माण व्यवसायी सघं रोल्पाका अध्यक्ष मान वहादुर खत्री, गैसस रोल्पाका अध्यक्ष घनश्याम आचार्य, बालकल्याण नमुना माद्यामिक विद्यालयका प्रध्नाध्यापक मधुसुदन पोख्रेल र हुरेक रोल्पाका कार्यकारी निर्देशक राजु आचार्य लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अवसरमा वोल्दै प्रमुख अतिथि लगाएत वक्ताहरुले भ्रष्ट्रानचार हुन नदिनको लागी सवैले आत्मै देखि आफु पनी भ्रष्ट्राचार नगर्न अरुलाई पनी भ्रष्टाचार गर्न नदिन तर्फ लागेमा भ्रष्ट्राचार हुनेलाई शुन्यमा झार्न सकिने बताएका थिए । त्यस्तै भ्रष्ट्राचार हुनुको मुख्य कारण खोजी, भ्रष्ट्राचारको सतहमा नभइ गहिराइमा पुग्न सके मात्र भ्रष्टाचार न्युनिकरण गर्नको लागी सहज हुने बताइएको छ । र राज्यले आम नागरिकका आवश्यक्तलाई सजिलै परिपुर्ति गरिदिन सक्यो भने पनी भ्रष्ट्राचार आफै कम भयर जाने यस्ता प्रकारका भ्रष्टाचार न्युनिकरण सम्वन्धि कार्यक्रमहरु सदरमुकाममा मात्र नभइ जिल्लाका हरेक क्षेत्र वस्तीमा गर्न सकियो भने रोल्पालाई भ्रष्टाचार हुने शून्य जिल्ला बनाउन सहयोग पुग्ने समेत सहभागि बत्ताहरुको भनाइ रहेको थियो । बास क्लवका अध्यक्ष मानसीङ विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरत नेपालीले गर्नु भएको थियो भने स्वागत मन्तव्य बास क्लवका उपाध्यक्ष लोकेन्द्र चन्दले राख्नु भएको थियो ।

 

200 total views, 1 views today