बर्तमान वली सरकारले भ्रष्ट्राचारी,तस्करीलाई सरक्षंण मात्रै गरेको नेता–हमालको आरोप

मालश्री अन्लाइन, २९ मंसिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रोल्पामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्ट्राचार बढेको र सरकार त्यसको संरक्षणमा लागेको, कोरोना नियन्त्रणमा जिम्मेवार नदेखिएको, आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल माथी दुव्र्यवहार गरेको र महिला हिंसा तथा बलात्कारका घटना वृद्धि जस्ता मुद्धा देखाएर विरोध प्रदर्शन गरेको हो ।

 

नेपाली काग्रेस रोल्पाको अयोजनामा पार्टि कार्यालय बाट सुरु भएको विरोध ¥याली वजार परिक्रमा गरि टुडिखेलमा पुगी कोण सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्नेहरुमा सभाका प्रमुख अतिथि नेपाली काग्रेस रोल्पाका रोल्पाका सस्थापक पार्टि सभापती एवं पुर्व राज्यमन्त्री शुरेन्द्र हमाल, पुर्व केन्द्रिय सदस्य एवं पुर्व सहायक मन्त्री भिमकुमारी वुढामागर, पार्टिका पुर्व केन्द्रिय सदस्य एंवम निःवर्तमान पार्टि सभापती कृष्ण वहादुर घर्तिमगर, पुर्व सांसद लेखनाथ आचार्य, पुर्व पार्टि सभापती माधव प्रसाद आचार्य, नेपाली काग्रेसका अञ्चलसमिति सदस्य टेक वहादुर वस्नेत, नेपाली काग्रेस रुन्टिगढि गाउँपालीका संयोजक जनक पुन, महिला सघं रोल्पा कि सभापती पुष्पा श्रेष्ठ, तरुणदल रोल्पाका अध्यक्ष तिलक वुढाथोकि र नेविसघं रोल्पाका अध्यक्ष शेरवहादुर थापा लगाएतले सभालाई सम्वोधन गर्नुभएको थियो । सभालाई सम्वोधन गर्दै प्रमुख वक्ता हमालले यो दुई तिहाई नजिकको केपि वलीको नेतृत्वमा रहेको वामपन्थीको सरकारले देशमा भ्रष्ट्रचारी, अपराधि तस्करीलाई सरक्षंण मात्रै गरेको जनताको जनपक्षियकाम कुनै पनी नगरेको आरोप लगाउनु भएको छ । यसरीनै देशमा यो सरकारले व्यथिति गर्दै जानेहो भने अव काग्रेस चुप लागेर नवस्ने त्यस्को प्रतिवाद गर्न समेत आम रोल्पाली लाई आग्रह समेत गर्नुभएको हो । त्यस्तै प्रहरी प्रशासन लगाएत देश चलाउने प्रशासकहरु पनी यो सरकारको पछि लागेर सरकरले गरेका नराम्रा कामहरुलाई ढाकछोप गर्ने र आफ्ना कार्यक्रताहरु लाई दुःख दिने खालका गतिविधिहरु गर्दै गएमा काग्रेस पार्टि चुप लागेर नवस्ने त्यस्ता सासक प्रशासकलाई घिसारेर निकालीदिने बताउनु भएको छ । जिल्ला पार्टि सभापती अम्मर सिङ पुनको अध्यक्षतमा भएको विरोध सभाको सञ्चालन पार्टिका जिल्ला सचिव मोहन परियारले गर्नुभएको थियो भने स्वागत मन्त्व्य महासमिति सदस्य खगेन्द्र प्रकास हमालले गर्नु भएको थियो । विरोध कार्यक्रममा जिल्ला भरका नेपाली काग्रेस पर्ति आस्तावान विभिन्न तहका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

349 total views, 2 views today