प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ राष्ट्रिय प्रतियोगिता सुरु

 

मालश्री अनलाइन, ११ पाैष । शनिबार देखि प्रथम  परिवर्तन भर्चुअल तेक्वान्दो राष्ट्रिय प्रतियोगिता जुम मार्फत सुरु भएको छ । उद्घाटन मा प्रमुख अतिथि परिवर्तन गाउँपालिका रोल्पाका अध्यक्ष निमकान्त डागी बिशिस्ट अतिथि मा राष्ट्रिय खेलकुद परिषद का बोर्ड सदस्य सुबास श्रेष्ठ , नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघ कार्यकारी सदस्य अन्जन धमला, नेपाल आईटीएफ का उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रबिन कुमार कार्की लगायत अन्य अतिथिहरु को उपस्थित मा कार्यक्रम उद्घाटन भएको छ ।

उक्त कार्यक्रम मा देशै भरिका ६५० भन्दा बढी खेलाडीहरु उपस्थिति भएको आयोजक रोल्पा आईटीएफ तेक्वान्दो संघ का अध्यक्ष बिक्रम बाठा मगर ले जानकारी दिए आज भएको कालो पेटि तेस्रो डान समुहको खेलमा आयोजक रोल्पाका प्रशिक्षक बिरेन्द्र कुवर प्रथम पाल्पा का उज्ज्वल गहतराज दोस्रो र पुर्बी रुकुम का बिजय पुन तेस्रो भएको संघ का सचीव कृष्ण प्रसाद बाठामगर ले जानकारी दिए ।

 

252 total views, 2 views today