आजको राष्ट्रिय खेलमा रोल्पा आईटीएफ लाई १ स्वर्ण १ रजत सहित २ कास्य

मालश्री अनलाइन, १२ पाैष । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजना भइरहेको प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता२०७७ मा आज भएको खेलमा रोल्पा जिल्लाले १ स्वर्ण १ रजत सहित २ कास्य पदक हात पारेको छ ।

जसमा कालो पेटी तेस्रो डानमा राकको ताप्ला र जायचौर का प्रशिक्षक बिरेन्द्र कुवर ले स्वर्ण पदक, द मुन तेक्वान्दो एकेडेमीका खेलाडी तिलक बुढामगरले पहेलो पेटीमा रजत पदक र द मुन तेक्वान्दो एकेडेमीकै प्रशिक्षक दिपक बि क ले कालो पेटी दोस्रो डान र खेलाडी सन्देश सुनारले पहेलो पेटी प्याट्रनमा कास्य पदक हात पारेका छन भने प्रतियोगिता १५ गत्ते सम्म संचालन हुने छ।

283 total views, 1 views today