ग्लोबल आइएमई बैंकको एटिएम सेवा रोल्पा लिवाङको आर्मीव्यारेक परिसरमा

 

मालश्री अनलाइन, १३ पाैष । ग्लोबल आइएमई बैंकले सदरमुकाम लिवाङ स्थित आर्मी व्यारेक परिसरमा आफ्नो एटिएम सोमबार देखि सेवा सुरु गरेको छ । उक्त एटिएम सेवा खड्गदल गण लिबाङ ब्यारेक रोल्पाका प्रमुख सेनानी सुधिर के.सी. ले उद्घाटन गर्नु भयो । बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बमरुक लगायतका सेवा ग्राहकहरुलाई लक्षित गरी सो स्थानमा एटिएम सेवा सञ्चालनमा ल्याएको ग्लोबल आइएमई बैंक रोल्पा लिबाङ शाखाका अप्रेसन म्यानेज टचमन चन्दले जानकारी दिनु भयो । उत्त स्थानमा नयाँ एटिएम सेवा थप भए संगै ग्लोबल आइएमई बैंकको देश भर एटिएम संख्या २४० पुगेकोे छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभरका ७३ वटा जिल्लामा आफ्नो २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु लाई सेवा प्रदान गर्दै आइरहेको छ ।

307 total views, 1 views today