प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ राष्ट्रिय प्याट्रन प्रतियोगिता सम्पन्न

 

मालश्री अनलाइन, १५ पाैष ।  रोल्पा आईटीएफ तेक्वान्दो संघ आयोजना नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्य र परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रायोजन मा संचालन भएको प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगितामा नेपाल भरिबाट कुल ६५३ जना खेलाडीहरु सहभागी भएका थिए प्रतियोगिता पुस ११ गते परिवर्तन गाउपालिका का अध्यक्ष निमकान्त डागी को प्रमुख आतिथ्यता उद्घाटन भएर आज सम्म ५ दिन चलेको आयोजक ले जनाएको छ।जसमा काभ्रे जिल्लाले ५ स्वर्ण ३ रजत ४ कास्य पाल्पा जिल्लाले ३ स्वर्ण २ रजत १० कास्य ,रोल्पा जिल्लाले १ स्वर्ण १ रजत ३ कास्य ,बागलुङ जिल्लाले १ स्वर्ण २ रजत १ कास्य ,काठमाडौ जिल्लाले २ स्वर्ण ,रामेछाप जिल्लाले १ स्वर्ण ,ललितपुर जिल्लाले ३ रजत,गुल्मी जिल्लाले १ रजत ,पुर्बी रुकुम जिल्लाले १ कास्य ,पदक हासिल गरेका थिए ।

 

रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघ का अध्यक्ष बिक्रम बाँठा मगर को अध्यक्षता मा भएको समापन कार्यक्रम मा प्रमुख नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ का अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघ कार्यकारी सदस्य अन्जन धमाला थिए भने विशिष्ट अतिथिमा नेपाल आईटीएफ का उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महा संघका अध्यक्ष प्रबिन कुमार कार्की र अन्य अतिथी हरुको उपस्थिति मा समापन भएको रोल्पा जिल्ला संघ का सचीव कृष्ण प्रसाद बाठा मगर ले जानकरी दिनु भयो

207 total views, 1 views today