बैशाखमा चुनाब हुनेमा वली सरकारकै मन्त्री ढुक्क छैनन् — नेकपा नेता पुन

मालश्री अनलाइन, १५ पाैष ।  प्रेस संगठन जिल्ला शाखा रोल्पाकोेले बुधबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेकपा का नेता तथा निबर्तमान उर्जा जलश्रोत तथा सिचाइ मन्त्रि बर्षमान पुन रोल्पामै रहेको अवसरमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमा बोल्दै मन्त्रि पुनले पछिल्लो समय नेकपामा आएको बिबाद र धु्रबिकरणलाई लिएर प्रधानमन्त्री वलीले संसद भंग गरि असंबैधानिक कदम चालेकोे पुनले बताउनु भयो । विघटित संसदको पुर्नस्थापना गर्नको लागि नेकपा को एक घटक पुष्प कमल दाहाल प्रचन्ड र माधव नेपाल सडकमा आउनु परेको उहाको भनाइ थियो । यो सरकार काम चलाउ मात्र भएकाले कुनै पनि संबैधानिक र कनुनी रुपमा आफुहरुलाई अधिकारिक नेतृत्व तिर लागेको उँहाको आरोप छ । बैशाखमा चुनाव नहुने कुरामा हालका वली सरकार मन्त्रीहरुनै ढुक्क नभएको हुनाले चुनाब हुन्छ भनेर ढुक्क भएर नबस्न प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस लगाएत सबैलाई ढुक्क भएर नबसि त्यसको प्रतिबाद गर्नको लागी समेत सबैलाई आग्रह गर्दै अहिले देश ब्यापी रुपमा आन्दोलन गरि रहेको समेत उहाले बताउनु भयो ।

आफुहरु चुनाब देखि नडाराएको तर अहिलेको असंबैधानिक कदमको विरोध गरेको उहाको भनाई छ । प्रेस संगठन रोल्पाकी संयोजक देबि गुरुङको अध्यक्षतमा सम्पन्न भएको पत्रकार भेटघाट कार्यक्रमको संन्चालन सह–संयोेजक बिमल डाँगीले गर्नु भएको थियो । कार्यक्रममा पुर्ब सभामुख ओनसरि घर्ति, लुम्बनि प्रदेस सांसद दिपेन्द्र पुन, जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राजबहादुर बुढा लगाएत जिल्लामा कृयाशिल पत्रकारहरुकाे  भातृ संगठनका प्रतिनधि, जिल्लामा  विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु लगाएतको कार्यक्रममा सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

207 total views, 1 views today