नेकपाको लडाई देश निमार्णको लागी नभई कुर्सि र पदको लागी भएको — मुख्य मन्त्री पोख्रेल

मालश्री अनलाइन, १५ पाैष ।  सुनिल स्मृति गाँउ पालिका वडान १ घोडागाउ र प्युठानको सीमानामा पर्ने घोेडेखोलाको मोटर एबल पुल सिलन्यास का साथै सुलिचौर पोबाङ, थबाङ सडक को स्तर उन्नति सिलन्यास लुम्बिनि प्रदेशका मुख्य मन्त्रि शंकर पोख्रेलले गर्नु भएको छ । घोडेखोला पक्कि पुलको लागि प्रदेश सरकारले ३ करोड , सुलिचौर पोबाङ,थबाङ सडक स्तर उन्नतीको लागि ४० करोड प्रदेश सरकारले लगानी गरेको पुर्ब धारा बिकास कार्यालय रोल्पाले जानकारि दिएको छ । सिलन्यास कार्यक्रमा बोल्दै प्रमुख अथिति लुम्विनी प्रदेशका मुख्यमन्त्रि शंकर पोख्रेलले प्रदेश सरकारले रोल्पाको बिकास निर्माण लाई प्रथामिक्तामा राखि विकास निर्माण गरिरहेको बताउनु भयो । रोल्पालीहरुले भोग्नु परेको सबैभन्दा ठुलो समस्या खाने पानी रहेको बताउदै, प्रदेश सरकारले सुलिचौर, थबाङ सडगलाइ प्रदेशकै बिशेस महत्वको गणतब्य बनाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।

 

एक फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री पोख्रेलले पछिल्लो समय नेकपाको बिबाद लाई इंकित गर्दै बर्तमान सरकारले आर्थिक बिकासमा ७ वटा देशलाई र सामाजिक बिकासमा ५ वटा देशलाइ उछनि सकेको हुनाले यो सरकारले देशलाई समृद्धिको बाटो तर्फ अग्रसर बनाउदै लगेको बताउनु भयो । नेकपाको पछिल्लो झगडा, कलह भनेको संमृद्ध देश निर्माणको लागि नभइ पद र कुर्सिको लागि मात्र भएको बताउनु भएको छ । उँहाले अब चुनाबको बिकल्प नभएको हुनाले चुनाबमा जान कसैले पनि खुट्टा नकमाउन आग्रह गर्नु भयो । सडग सिलन्यास कार्यक्रमको अध्यक्षता सुनछहरि गाउपालिका अध्यक्ष आस बहादुर पुनको रहेको थियो । सो कार्यक्रममा स्वागत लुंग्री गाँउपालिका अध्यक्ष दुर्गा बहादुर खड्काले गर्नु भएको थियो । भने पुल सिलन्यास कार्यक्रमको अध्यक्षता सुनिल स्मृती गाउँपालीका अध्यक्ष गुणेन्द्र घर्ति गर्नु भएको थियो । उक्त कार्यक्रममा लुम्बिनि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसि, प्रदेश सरकारकै भौतिक योजना तथा पुर्बधार बिकास मन्त्री बेैझनाथ सहभातिा रहको थियो ।

 

316 total views, 1 views today