४५ औ विपि मेलमिलाप दिबस रोल्पामा पनि मनाइयो ।

मालश्री अनलाइन, १६ पाैष ।  ४५ औ विपि मेलमिलाप दिबस आज रोल्पामा पनि एक कार्यक्रमका विच मनाइएको छ । नेपालि काग्रेस रोल्पाको आयोजनामा पाटि कार्यलय लिबाङ रोल्पामा मनाइएको नेपालि काग्रेस रोल्पाले जानकारि दिएको छ । नेपाली कांग्रेस रोल्पाका सस्थापक पाटि सभापति एब पुर्ब राज्य मन्त्री सुरेन्द्र हमालको प्रमुख आथित्यता रहेको थियो । उक्त कार्यक्रममा पुर्ब सांसद लेखनाथ अचार्य पाटीका निबर्तमान पाटि सभापति कृष्ण बहादुर घर्ति मगर ,पुर्ब पाटि सभापति माधब प्रसाद आचार्य, निबर्तमान पाटि सचिब एबम प्रबक्ता जित बिक्रम मल्ल, नेपालि कागे्रस क्षेत्र न २ का क्षेत्रिय सभापति गोपाल घर्ति मगर, १३ औ महाधिबेसनबाट जिल्ला सभापति का प्रत्यासि एबम रोल्पा नगर पालिका वडा न १० का वडा अध्यक्ष मान बहादुर खत्री, नेपाल महिला संघकि केन्द्रिय सदस्य एबम नेपालि काग्रेस जिल्ला कार्यसमति रोल्पाकि सदस्य मिश्रि कुमारी हमाल, नेपाल महिला संघ रोल्पाकि सभापती पुष्पा श्रेष्ठ,नेविसंघ रोल्पाका अध्यक्ष शेर बहादुर थापा, नेपाल तरुण दल रोल्पाका बरिष्ठ उपाध्यक्ष पशुपति घर्ति, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल तरुण दल क्षेत्र न २ का क्षेत्रिय सभापति तिरजपति बुढा, लगाएतको उपस्थिती रहेको थियो ।

 

अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बिपिको मेलमिलाबको निति अहिले पनि नेपाल र नेपालिको लागि उत्तिकै सान्दर्भिक भएको बताएका थिए । पछिल्लो समय पार्टिमा बिभिन्न गुटउपगुट मौलाउदै गएकोमा आफुहरु दुखि भएको अभिब्यक्ति ब्यक्त गरेका थिए । दुइ तिहाइ नजिकको बामपन्थिहरुको सरकारले केहि गर्न नसकि देशलाइ यो अबस्थामा पुराएकोले अब फेरि यो देश निर्माण गर्नको लागि नेपालि काग्रेसको काधमा त्यो जिम्मा आएको हुनाले त्यो जिम्मा कुनै गुटउपगुट र ब्यक्गित स्वार्थमा नलागि सहि जिम्मा बहन गर्न समेत आप्ना नेतालाइ सुझाब दिएका छन । कार्यक्रममा नेपालि काग्रेस प्रति आस्थावान बिभिन्न नेता कार्यकर्ता भातृ एबम सुभेच्छुक, सघ सगठनका प्रमुख प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।उत्त कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस रोल्पाका पाटी सभापति अम्मरसिंह पुन मगरको रहेको थियो भने कार्यक्रमको सहजिकरण पार्टि सचिब शेरचन महराले गर्नु भएको थियो ।

 

 

304 total views, 1 views today