बालकल्याण नमुना माध्यमिक विद्यालयमा रहेका फरक क्षमता भएका विद्यार्थीलाई हुरेक रोल्पाद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

मालश्री अनलाइन, २०  पाैष । २१२ औ अन्तराष्ट्रिय लुइज ब्रेल दिवसको आज रोल्पामा सम्पन्न भएको छ । दिवसको अवसरमा मानब अधिकार सचेतन केन्द्र हुरेक रोल्पाले बालकल्याण नमुना माध्यमिक विद्यालयमा रहेका नेत्रहिन संघलाई एक कार्यक्रममका विच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । फरक शारीरिक क्षमता भएका छात्र छात्राहरुलाई उक्त स्वास्थ्य सामग्री बितरण गरिएको हो । २८ सय पचास रुपँैया बराबरको सेनिटाइजर, मास्क, लगाएतका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

 

काभिड १९ संक्रमणबाट स्वास्थ्य सुरक्षा साबधानी अपनाउनको लागि हुरेक रोल्पाले उक्त सामाग्री हस्तान्तरण गरेको बताइएको छ । रमेश प्रसाइको माध्यम बाट पनि फरक क्षमता भएका ब्यक्तिहरुले केहि गर्न सक्छन भन्ने सन्देश दिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । तमाम दृष्टि बिहिन सुस्त श्रवण भएकाहरुका हक हितका निम्ती अगाडि बढ्नु पर्छ भन्ने उदेश्यका साथ संस्था स्थापना गरिएको संघका अध्यक्ष चित्र बहादुर डाँगीले बताउनु भयो । केही व्यक्तिहरुले संस्थाको नामबाट दर्ता बिनाको संस्थाहरु संन्चालन गरि सहयोग रकम उठाउदै हिडेको समेत उहांले बताउनु भएको भयो । सबै निकाएहरुमा फरक क्षमता भएका व्यक्तीहरुलाइ समेत प्रतिनिधित्व गराउन सबैलाइ आग्रह गर्नु भएको छ । गत सालको एसइइमा रोल्पा जिल्लाबाट दृष्टि बिहिनहरुले पहिलो र दोस्रो स्थान लिएर जिल्लालाइ चिनाएको बताइएको छ । २०६० साल देखि बालकल्याण नमुना माध्यामिक विद्यालयमा आवास सहित ११ जना दृष्टि बिहिन र १३ जना सुस्त श्रवण छात्र छात्राहरुले अध्ययन गरिरहेको आयोजकले बताएको छ । प्रमुख अतिथि बाल कल्याण नमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने रहनु भएको थियो भने विशिष्ट अतिथि विद्यालयका सहायक प्रध्यानाध्यापक तुलसी श्रेष्ठ रहनु भएको थियो । अन्य अथितिहरुमा श्रोत शिक्षक ओम सेन र लक्ष्मिनारायण आचार्य, हुरेक रोल्पाका प्रतिनिधि भरत नेपाली, लेखा संयोजक भिम कुमारि बुढा, संघका निर्बतमान अध्यक्ष राम बहादुर डाँगी लगाएत रहनु भएको थियो । संघका अध्यक्ष चित्र बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संन्चालन दृष्टि बिहिन सिसिर अबिरल डागिले गर्नु भएको थियो ।

 

 

 

 

208 total views, 1 views today