नेकपा रोल्पाको नगर स्तरिय चौथो बैठक तथा भेला प्रशिक्षण कार्यक्रम विहिवार सम्पन्न

मालश्री अनलाइन, २३ पाैष । नेपाल कम्युनिष्ट पाटी नेकपा रोल्पाको नगर स्तरिय चौथो बैठक तथा भेला प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । लुम्विनी प्रदेशका सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुनको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला सह इन्चार्ज सीता आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी पुनले केपी वलीले आफ्नो स्वार्थको लागी देशलाई विखन्ड तिर लैजाउन लागेको आरोप लगाउनु भयो । लोकतन्त्र र गाणतन्त्रमाथी प्रहार गरेको भन्दै पछिल्लोे समयमा संघीयता माथी हस्तक्षेप गर्न खोजेको समेत बताउनु भयो ।

 

 

नेकपा नगर अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेकपा लुम्विनी प्रदेश सदस्य गुनेन्द्र घर्ति, आस वहादुर पुन, पुर्ण केसी , जिल्ला अध्यक्ष सुरेन्द्र थापा ,सचिव हरि घर्ति, जिल्ला सदस्य राज वहादुर वुढा कर्मलाल परियार, नगर कमिटिका विभिन्न भातृ संगठनका प्रीतिनीधि हरुको सहभागीता रहेकोे आयोजकले बताएको छ । नेकपा नगरपालिकाका १ देखि १० सम्मका वडा अध्यक्षहरुले कार्यक्रममा रिपोटिङ गरेका थिए । पाटी को केन्द्रिय तथा प्रदेशको सकुलर बारे नगर कमिटिका अध्यक्ष फविन्द्र आचार्यले प्रस्तुति गर्नु भएको बताइएको छ । पछिल्लो समय राजनैतिकमा धु्रविकरण बढेपछि जिल्ला स्तरदेखि विभिन्न स्थानिय तहहरुमा प्रशिक्षण कार्यक्रम अनुसार यो कार्यक्रम भएको आयोजकले बताएको छ । कार्यक्रमको संन्चालन नेकपा नगर सचिव गोरख महराले गर्नु भएको आयोजकले बताएको छ ।

 

 

 

 

 

154 total views, 1 views today