बाल कल्याण नमुना माध्यामिक विद्यालयको प्रथम चरणकोे अभिभाबक भेला तथा अन्तरक्रिया

मालश्री अनलाइन, २४ पाैष । बाल कल्याण नमुना माध्यामिक विद्यालय कक्षा १० को अभिभाबक भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको भेला कार्यक्रममा कक्षा १० मा अध्यनरत छात्रछात्राका करिव १५० जना अभिभावकहरुको उपस्थिीत रहको थियो । माध्यामिक शिक्षा परिषदले २०७७ सालको एसइई जेठ महिनामा गराउने तयारी गरेपछि विद्यालयले पहिलो चरणको अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रध्यानाध्यापक मधुसुदन पोख्रलले आफ्नो छोराछेरीलाई अभिभावकले रेखदेख गर्नु प्रमुख कर्तव्य भएकोले समयको व्यवस्थापन गरिदिन अभिभावकहरुलाई आग्रह गर्नु भयो ।

 

विद्यालयको टोल फ्रि नंम्वर भएको हुदा अभिभावकहरुले बालबालिकाको शिक्षण सिकार्ई क्रियाकलापको अवस्थाका बारेमा वुझ्न समेत अनुरोध गर्नु भयो । कोभिड १९ ले गर्दा करिव नौ महिना घर बस्दा विद्यार्थीको पढ्ने बानी घटेको प्रति चिन्त व्यक्त गर्दैे बानीको विकाश गर्न गाह्रो भएको गुनासो पोख्नु भयो । नियमित शिक्षण सिकाई क्रियाकलाप सुरु भएपनि नियमित बालबालिकाहरु विद्यायल नआएको प्र.अ पोख्रेलले बताउनु भयो । अभिभावकहरुले कम्तीमा पनि महिनामा ५ पटक विद्यालयमा पुगेर आफ्नो बालबालिको अवस्था वुझ्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने बताउनु भयो । होस्टेल नवस्ने विद्यार्थीहरुका लागी छुटै कोचिङको व्यवस्था गरिदिने न्यौपाने बताउनु भयो । गतसाल कक्षा १० का पुरै विद्यालर्थीहरुलाई होस्टेल राखेर व्यवस्थापनमा कठिनाई भएकोले यस पटक इच्छा भएकोले मात्रै हास्टेल बस्न पाउने बताइएको छ । कार्यक्रममा अभिभावकहरुले पहिलेको भन्दा अहिले विद्यालयको सुधार हुदै गएको प्रति खुसी व्यक्त गर्दै आफुहरु पनि जिम्मेवारी हुनु पर्ने बताएका थिए । एसइईमा विद्यार्थीहरुले राम्रो नंम्वर ल्याउनमा शिक्षकले महत्व पुर्ण भुमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए । यस वर्ष कक्षा १० मा २७८ छात्रछात्राहरुले अध्यापन गरिरहेका छन् । विद्यालयका साहायक प्रध्यानाध्यापक तुलसी प्रसाद श्रेष्ठले स्वागत गर्नु भएको थियो भने भेलाकोे संन्चालन सहायक प्रध्यापक लेखमणि खड्काले गर्नु भएको थियो ।

 

 

 

 

180 total views, 1 views today