श्रमका लागि इट्टाभट्टा लैजादै गरेकी एक बालिकाको होलेरीबाट उद्वार

मालश्री अनलाइन, २५ पाैष । श्रमका लागि इट्टाभट्टा लैजादै गरेकी एक बालिकाको रोल्पाबाट प्रहरीले उद्वार गरेको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ लिप्चा घर भएकी १३ बर्षीया डिला पुनलाई गाउँका मामा नाता पर्ने ओम प्रकाश घर्तीले काठमाडौंस्थित इट्टाभट्टामा लैजादै गर्दा चेकजाचको क्रममा थाहा पाएपछि उद्वार गरिएको ईलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ । उमेर नपुगेकी बालिकालाई श्रमका लागि लैजाने ओमप्रकाशलाई नियन्त्रणमा लिएर बालबालिकालाई श्रम गराएमा कानुनी कारबाही बारे जानकारी गराएर छोडिएको ईप्रका होलेरीका प्रमुख शंकर खड्काले बताउँनुभयो। बालिका डिलालाई पनि कलिलो उमेरमै श्रम गर्न जाँदा भबिस्य बिग्रने हुँदा पढ्न लेख्नलाई प्रेरित गर्ने खालको परामर्श दिएर घर पठाइएको प्रहरी निरीक्षक खड्काको भनाई रहेको छ । आगामी दिनमा उमेर नपुगेकालाई श्रममा लैजानेलाई नियम अनुसार कडा कारबाही गरिने उहाँले बताउँनुभयो ।

1,123 total views, 1 views today