रोल्पाका एक जनाको गाडीको ठक्कर बाट नेपालगन्जमा निधन

मालश्री अनलाइन, २५ पाैष । बाँके राप्ती सोनारी १ कुसुम दक्षिणकाली पेट्रोल पम्म नजिकै गाडीले ठक्कर दिदा मोटर साईकलमा सवार रोल्पाका एक जनाको ज्यान गएको छ । ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्कर दिदा रा ५ प ९६०० नम्बरको मोटर साईकलमा सवार रोल्पा लिवाङ निवासी २६ बर्षका राजेश सुनारको ज्यान गएको हो । शुक्रबार साँझ ६ : ४५ बजेको समयमा उक्त दुर्घटना भएको हो । मृतक सुनार नेपालगन्ज जाने क्रममा दाङ तर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको हो ।मोटरसाइकल पछाडि बसेका एकजना भने सकुशल रहेका छन । घटना स्थलमा गम्भीर घाइते बनेका सुनारको अस्पताल लैजादै गर्दा बाटोमै घटना भएको केही क्षणमै निधन भएको इप्रका कोहोलपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने गाडी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।गाडी चालकको परिचय नखुलेको र विस्तृत अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।सबै सँग मिलनसार राजेशको निधनले उनका शुभचिन्तकहरु स्तब्ध भएका छन ।उनी ग्लोबल आइएमी बैंक रोल्पामा कार्यरत कर्मचारी समेत रहेको बताइएको छ ।

111 total views, 1 views today