डिनर डिप्लोमेसी भाग २ कार्यक्रम परिवर्तन गाउँपालिका मौलाबोट राङकोट रोल्पामा सम्पन्न

मालश्री अनलाइन, २५ पाैष । श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यवसायी विद्यालय परिवर्तन गाउँपालिका मौलाबोट राङकोट रोल्पाले आयोजना गरेको डिनर डिप्लोमेसी भाग २ कार्यक्रम बागमारामा शुक्रबार राति सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर वलीको अध्यक्षतामा भएको डिनर डिप्लोमेसी कार्यक्रमको प्रमुख अतिथीमा परिवर्तन गाउँपालिका शिक्षा अधिकृत चित्रा बस्नेत रहनु भएको थियो भने विशिष्ट अतिथीमा परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगर रहनु रहनु भएको थियो। यस्तै अन्य अतिथीहरुमा परिवर्तन गाउँपालिका ५ का वडा सदस्य मोहवीर वि.क,परिवर्तन गाउँपालिका ५ कि महिला सदस्य खर्कमाली वि.क,परिवर्तन गाउँपालिका सूचना अधिकृत जगदीश नगाल, परिवर्तन गाउँपालिका लेखापाल हरिश चन्द्र डाँगी,नेकपा परिवर्तन गाउँपालिका ५ का पार्टी सचीव रेग बहादुर रोका मगर,नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका सभापति प्रवेश प्रसाद बुढामगर,रोल्पा उद्योग वाणिज्य संघका सदस्य तथा परिवर्तन गाउँपालिका अध्यक्ष ओम प्रकाश बुढामगर,परिवर्तन गाउँपालिका प्र.रा.स.विष्णु बुढाथोकी,शिक्षक अभिभावक संघका अध्यक्ष गन बहादुर बुढामगर,पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल घर्ती,जनवादी कलाकार झन्कार बुढा मगर,परिवर्तन गाउँपालिका ५ का स्वास्थ्य इन्चार्ज असोक बि.क,भानुभक्त आधारभूत विद्यालयका प्र.अ.प्रेम बहादुर बुढा,त्रीवेणी आधारभूत विद्यालयका प्र.अ.कृष्णराम डाँगी,बालउत्थान आधारभूत विद्यालयका प्र.अ.अपार रंजित पुनमगर र बुद्धिजीवी जयन्द्र के.सी लगाएत गरि शिक्षक अभिभावकहरु,शिक्षकहरु,बुद्धिजीवीहरु लगाएत गरि करिब ५० जना व्यक्तिहरुको सहभागी रहेको थियो । कार्यक्रमको अवसरमा बोल्दै,श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यावसायिक विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर के.सी.ले वि.सं.२०१६ सालमा स्थापना भए देखिको उपलब्धि, गरेका संघर्ष तथा सफलता र असफलताका बारेमा“जानकारी गराउनु भएको थियो,साथै आफुहरुले गरेका विगतमा गरेको योगदानले गर्दा वर्तमान राम्रो हुदै गरेको र अझ भविष्यमा राम्रा कामहरू गर्दै जाने समेत उल्लेख गर्नुभएको छ।

 

 

 

डिनर डिप्लोमेसी भाग २ कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका सहायक प्रशिक्षक कृष्ण घर्तीमगरले दिनुभएको थियोे भने कार्यक्रमको सञ्चालन विद्यालयका प्रशिक्षक यज्ञ प्रसाद कडेलले गर्नुभएको थियो । कार्यक्रमको अवसरमा बोल्ने अतिथीहरुमा,रोल्पा उद्योग वाणिज्य संघका सदस्य ओमप्रकाश बुढामगर,सम्पूर्ण अभिभावक संघको तर्फबाट जयन्द्र के.सी,सम्पूर्ण प्रधानाध्यापकको तर्फबाट प्रेम बहादुर बुढा मगर,सम्पूर्ण विद्यालय व्यवस्थापन समितिको तर्फबाट प्रेम बहादुर रोका मगर,सम्पूर्ण युवाहरुको तर्फबाट छड्के देउराली युवा क्लबका अध्यक्ष नगेन्द्र कुमार बुढामगर,स्वास्थ्य इन्चार्ज असोक वि.क,संस्थाहरुको तर्फबाट प्रवेश प्रकाश बुढामगर,पूर्व वि.व्य.स.को तर्फबाट देउ प्रकाश घर्तीमगर,शिक्षक अभिभावक संघका तर्फबाट दल बहादुर बुढामगर र राजनीति दलको तर्फबाट नेकपा परिवर्तन गाउँ पालिका ५ का पार्टी सचीव रेग बहादुर रोका लगाएतले बोल्नु भएको थियो बोल्ने सबै अतिथीहरुले विद्यालयको उन्नति प्रगतिको कामना गर्दै विद्यालयलाई आफूहरुले सक्दो सहयोग गर्ने समेत बताएका थियो ।कार्यक्रमका विशिष्ट अतिथी समेत रहनु भएका परिवर्तन गाउँपालिका ५ का वडा अध्यक्ष सुक बहादुर बुढामगरले“ विद्यालयको विकासमा आफू सधै संघर्ष गरिरहने र अझै नमूना विद्यालयबाट विशिष्ट विद्यालय बनाउन सबै लागि परेको बताउनुभयो ।साथै कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी परिवर्तन गाउँपालिका शिक्षा अधिकृत चित्रा बस्नेतले“अनेकतामा एकता हुनुपर्ने र विद्यालयको उन्नतिका लागि सबै काधमा काध हातमा हात मिलाएर अगाडि बढन आग्रह गर्नुभयो“साथै जुन अध्ययन गर्नको लागि अरु जिल्ला जाने प्रक्रिया छ त्यसलाई अन्त्य गर्नु पर्ने र आफ्नो जिल्लामा अध्ययन गर्ने बानीको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । साथै डिनर डिप्लोमेसी भाग २ कार्यक्रममा विद्यालयको महत्त्वपूर्ण विषयहरुमा समेत छलफल गरेको छ । यातायात व्यवस्थापन सम्बन्धी छलफल,भवन निर्माण सम्बन्धी छलफल,विद्यार्थी संख्या वृद्धि सम्बन्धी छ्लफल,शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी छलफल र विद्यालयको विभिन्न विषय सम्बन्धी छलफल“गरिएको बताइएको छ । साथै डिप्लोमेसी शिक्षा सँग जोडिएर राम्रो लक्ष्य निर्धारण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गरिएको त्यहाँबाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ ।

168 total views, 1 views today