नेपाली काँग्रेस प्रदेश सभा, निर्वाचन क्षेत्र ‘क’ ले रोल्पाको विरोध सभा प्रदर्शन सुलिचौरमा सम्पन्न

मालश्री अनलाइन, २५ पाैष । नेपाली काँग्रेस प्रदेश सभा, निर्वाचन क्षेत्र क ले रोल्पाको सुलिचौरमा विरोध सभा प्रदर्शन गरेको छ । प्रधानमन्त्रि केपि शर्मा वलीको सरकारले असंबैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा विरोध सभा सम्पन्न गरिएको हो । राष्ट्रियता, लोकतन्त्र र समाजबाद भन्ने आदर्शका साथ जुटौ, संसद् बिघटनको असंबैधानिक कदमको बिरुद्धमा उठौं, लोतान्त्रिक संबिधान रक्षाको पक्षमा भन्ने मुल नाराका साथ बिरोध सभा सम्पन्न गरिएको जनाइएको छ । नेपाली काँग्रेस रोल्पाका पुर्ब सभापति माधबप्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथीमा नेपाली काँग्रेस रोल्पाकी पार्टी प्रवक्ता कबिता उपाध्य रहनु भएको थियो ।

 

 

बिरोध सभामा नेपाली काँग्रेस १३ औँ महाधिबेसन प्रतिनिधी, जिल्ला सभापतिका प्रत्यासि उम्मेद्धार एवं रोल्पा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मानबहादुर खात्री लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा लुङग्री गाउँपालिका अध्यक्ष दुर्गाबहालुर खड्का, नेपाल लेकख संघका केन्द्रय सदस्य दामोदर सुबेदी, नेपाली काँग्रेस रोल्पा नगरपालिकाका सभापति चन्द्रप्रकाश आचार्य, नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका सभापति प्रकाश घर्ति मगर, नेपाली काँग्रेस निवर्तमान जिल्ला कार्यसमिति सदस्य एवं महिला नेतृ श्रीकुमारी रोका, जिल्ला कार्यसमिति सदस्य सुदाम्स महरा, देउविर विष्ट, ओविलाल थापा, तरुण दल रोल्पाका सचवि लिलाधर आचार्य, प्रेस युनिएन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगाएत विभीन्न वडाका वडा सभापतिहरु, सुभेच्छुक, वुद्धिजिवी लगाएतको आतिथ्यता एबं उपस्थित रहेको थियो । नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रिय सभापति सिमबहादुसर बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको अवसरमा नेपाली काँग्रेस जिल्ला कार्यसमिती सदस्य एमं महासमिती सदस्य तिजा बिष्टले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त सभाको संचालन सुनिलस्मृति गाउँ पालिका वडा नं. ३ का इकाई सभापति केशरबहादुर बिष्टले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

 

 

198 total views, 1 views today