सहमतिलाई लत्याएर अल्पमत बहुमतको खेलमा लाग्दा नेकपा संकटतर्फ :- नेता घर्ती

मालश्री अनलाइन, २५ पाैष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुलप्रसाद घर्तिले पार्टी एकता गर्दाको ४ बुदे सहमतिलाई लत्याएर अल्पमत र बहुमतको खेलमा लाग्दा नै अहिलेको परिस्थिति निम्तिएको बताउनुभएको छ । पार्टी एकता गर्दा एकताको महाधिवेशन सम्पन्न नहुदासम्म पार्टीभित्रको हरेक एजेन्डा तथा समस्याहरुलाई दुई अध्यक्षबिच सहमति अनिबार्य भनिएपनि एकल हस्ताक्षर सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थुप्रै आरोपहरु लगाएर अभियोग पत्र बैठकमा पेश गरिएपछि पार्टीभित्र गम्भीर समस्याहरु सिर्जना भएको आरोप लगाउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपा त्रिबेणी गाउँपालिका कमिटिले शनिबार रोल्पाको जुगारमा आयोजनामा गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता घर्तिले यस्तो बताउनुभएको हो। कार्यक्रम बोल्दै नेकपा केन्द्रीय सदस्यहरु कुमार दशौदि, शान्तकुमार ओली, बालाराम बुढा र ईश्वरी जिएमले पार्टीभित्र चौतर्फी घेराबन्दीका साथै आफ्नै पार्टीका नेता सांसदहरुबाट अबिश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्न खोजेपछि बाध्य भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद बिघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेकाले सबै कार्यकर्ताहरु एक भएर आगामि बैशाख १७ र २७ गतेको निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको थियो।

 

 

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा त्रिबेणी गाउँपालिका अध्यक्ष निमप्रसाद रोकाको अध्यक्षता र गाउँपालिका सदस्य चन्द्र बहादुर घर्तीमगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस परित्याग गर्दै तुलाकुमारी घर्ती, दल बहादुर घर्ती, सिउप्रसाद खत्री, मोहन केसी, उदिराम खत्रि, गैसरि खत्रि, खिमलाल पुन,खलिसरा पुन, देवा पुन डण्डिराज पुन, जानकि घर्ती नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गर्नुभएको थियो। यसैगरि नेपाली कांग्रेस निकट नेबिसंघ परित्याग गर्दै अञ्जु घर्ति र प्रज्वल डाँगि, बिप्लप नेतृत्वको नेकपा परित्याग गर्दै नेत्र बहादुर महरा, काङ्ग्रेस निकट तरुण दल परित्याग गर्दै दिपक केसि, जनक डाँगी, लक्ष्मण घर्ति, रोबर नेपाली नेकपामा प्रबेश गर्नुभएको थियो। कार्यक्रम अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य अमृत बुढा, नेपाल कम्युनिस्ट पार्टि नेकपा रोल्पा जिल्ला कमिटीका सदस्यहरु गोपाल डाँगि, भुपालसिङ डाँगि लगायतले बोल्नुभएको थियो। कार्यक्रममा जनगायक माधब घर्तिमगरले जनबादि गित मार्फत सबै जनताहरुलाई ताजा जनादेशको पक्षमा एकजुट हुन आह्वान गर्नुभएको थियो। प्रस्तुत गर्दै गितबाट नेकपाका त्रिबेणि गाउँपालिकाको अगुवा कार्यकर्ताहरु उपस्थित भएको कार्यक्रमको सञ्चालन पार्टी जिल्ला कमिटि सदस्य तथा युवा नेता ठाकुरप्रसाद वलीले गर्नुभएको थियो ।

 

305 total views, 1 views today