बाढी पिडीतहरुलाई राहत बितरण कार्यक्रम आज किलाचौरमा सम्पन्न

मालश्री अनलाइन, २७ पाैष । बाढी पिडीतहरुलाइ राहत बितरण कार्यक्रम आज लुङग्री गाउँपालिकाको कार्यालय किलाचौरमा सम्पन्न भएको छ । गत भाद्र २७ गते राति अबिरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरीदा लुङग्री गाउँपाालिका १ पाङ ऐपे निवासी मनिकलि घर्तिका दुइ छोराको मृत्यू भएको थियो । बर्ष ५ र बर्ष ८ का युवा राज घर्ति र अम्मरसिंह घर्तिको पहिरोको कारण मृत्यु भएको परिवारलाइ आज रोल्पा अमेरिका समाजले संकलन गरि पठाएको ६५ हजार रकम रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको आयोजनामा लुङग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्का मार्फत हस्तानतरण गरिएको हो । अमेरिकामा बस्ने रोल्पालिहरुले संकलन गरेर पठाएको सो रकम हस्तानतरण गरिएको जनाइएको छ ।

 

 

 

लुग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका निर्वतमान पार्टी सभापति तथा समाज सेवि कृष्ण बहादुर घर्ति, नेकपा रोल्पाका प्रतिनिधि सग्राम पुन, नेपाली काँग्रेस रोल्पाका प्रतिनिधी कबिता उपाध्याय, लुग्री गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मोति पुन मदन, गैर सरकारि सस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य, पत्रकार महारघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बत्ताहरुले विदेश पुगेर पनि आफ्नो गाउँ समाजलाई पिडितहरुको घाउँमा मलम पट्टि लगाएकोमा धन्यबाद दिएका छन् । रोल्पा उद्योग बानिज्य संघका अध्यक्ष बिश्वकुमार चन्दको अध्यक्षताम सम्पन्न भएको कार्यक्रममा स्वगत मन्तव्य रोल्पा उद्योग बाणिज्य संघका उपाअध्यक्ष केशव कुमार आचार्यले दिनु भएको थियो । कार्यक्रमको सन्चालन कार्यालय सचिव दुर्गा केसीले गर्नु भएको आयोजकले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

241 total views, 1 views today