प्रदेश स्तरीय भलिबल रेफ्री तालिम २०७७ को उदघाटन समारोह सम्पन्न

मालश्री अनलाइन, २८ पाैष । स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्नेू मूल नाराका साथमा आज लुम्बिनी प्रदेश स्तरीय भलिबल रेफ्री तालिमको एक कार्यक्रमको बीच उदघाटन गरिएको हो । परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजना र परिवर्तन गाउँपालिकाको आर्थिक व्यवस्थापनमा कार्यक्रम गरिएको बताइएको छ । परिवर्तन खेलकुद विकास समितिका अध्यक्ष देव बहादुर बुढामगरको अध्यक्षताबाट शुरुभएको कार्यक्रममा प्रमुख अतिथीमा लुम्बिनी प्रदेश सभाका माननीय सांसद दिपेन्द्र पुनमगर रहनु भएको थियोे भने विशिष्ट अतिथीमा परिवर्तन गाउँपालिकाका अध्यक्ष निमकांन्त डाँगी रहनु भएको थियो।

 

 

 

अन्य अतिथीहरुमा,परिवर्तन गाउँपालिकाका प्रशासकीय प्रमुख डिल्ली खड्का,राष्ट्रिय भलिबल संघका केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय भलिबल खेलकुदका रेफ्री गौतम प्रसाद लासिवा,रोल्पा जिल्ला भलिबल संघका अध्यक्ष हिमाल डि.सी,रोल्पा जिल्ला भलिबल संघका उपाध्यक्ष वीर बहादुर कवर,भलिबल रेफ्री तथा प्राविधिक व्यवस्थापन संयोजक हरिस वली, नेपाल कांग्रेस पार्टीका सहाधिवेसन प्रतिनिधि झक्कु प्रसाद घर्तीमगर, ईलाका प्रहरी कार्यालय ओबाङ्गका इन्चार्ज धन बहादुर के।सी र युवा सजगता अभियानका परिवर्तन गाउँपालिका संयोजक सुर्य प्रकाश बुढामगर लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य नगेन्द्र बुढामगरको रहेको थियो भने कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सचीव दिपेन्द्र कुमार डाँगीले गर्नुभएको थियो।कार्यक्रममा भलिबल संघका केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय भलिबलका रेफ्री गौतम प्रसाद लासिवाले,आफू नयाँ ठाउँमा आएर प्रशिक्षण दिन पाउदा हर्षित भएको बताउदै । नेपालको राष्ट्रिय खेल भलिबललाई २०७४ मङ्सिर ८ गेट घोषणा गरिएको स्मरण गर्दै,यसलाई देश व्यापी रूपमा लैजानुपर्ने बताउनुभयो ,साथै विभिन्न कुना कुनामा विस्तार गरिनुका साथै साच्चिकै खेलकुद बनाउन सकिने समेत उल्लेख गर्दै,आफूले सिकेका ज्ञान सीप क्षमतालाई सबै समक्ष पु¥याउने उद्धोष समेत गर्नुभएको थियो । परिवर्तन गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमको विशिष्ट अतिथी समेत रहनुभएका निमकांन्त डाँगीले, खेलकुद क्षेत्रको विकास र विस्तारको लागि अगाडि बढेको उल्लेख गर्दै,परिवर्तन गाउँपालिका सधै खेलकुदको लागि अगाडि बढिरहेको र अझै संघर्ष गर्ने समेत बताउनुभयो,साथै परिवर्तन गाउँपालिकाले विभिन्न खेलकुद गर्दै आएको र अझ नयाँ नयाँ कार्यक्रम गर्ने समेत बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका लुम्बिनी प्रदेश सभा सांसद माननीय दिपेन्द्र पुनमगरले गाउँपालिकामा प्रदेश स्तरीय कार्यक्रम हुनु आफैमा ऐतिहासिक भएको बताउदै। रोल्पा रुकुम जिल्लामा भलिबल खेलकुदको महत्त्व निकै रहेको बताउदै,प्रदेश सरकार खेलकुद विकासको लागि अगाडि बढेको बताउनुभयो साथै प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको समेत दाबी गर्नुभयो,कागती जति निर्चियो,उति रस आउने बताउदै,आफूहरुले प्राप्त गरेको ज्ञान आफ्नो ठाउँमा गएर सिकाउन समेत आग्रह गर्नुभयो।

 

 

 

215 total views, 1 views today