बाढी पिडीतहरुलाई राहत बितरण कार्यक्रम माडी र गंगादेब गाउँपालीकामा सम्पन्न

मालश्री अनलाइन, २८ पाैष । रोल्पा अमेरिका समाजको सहयोगमा रोल्पाको भावाङमा गत भाद्रमा गएको बाढि पहिरो पिडीत घरपरिवार लाई आज आर्थिक सहयोग प्रदान गरेको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको आयोजना उत्त रकम हस्तान्तरण गरिएको हो । रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

कार्यक्रममा अमेरिकामा रहेका रोल्पालीबाट संकलन गरेर पठाएको नगद साठी हजार पाँच सय रकम गाउँपालिका अध्यक्षलाइ प्रदान गरिएको छ । माडी ५ भावाङमा भएको कार्यक्रममा नेपाली कांगे्रस रोल्पाका निबर्तमान पार्टि सभापति कृष्ण बहादुर घर्तिमगर,नेकपा लुम्बिनि प्रदेश सदस्य हरिसरा घर्तिमगर, माडी ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगर,नेपाली कांग्रेसकी प्रतिनिधी कविता उपाध्याय गैर सरकारी संस्था महासंघ रोल्पाका अध्यक्ष घनश्याम आचार्य ,रेडियो माडी आवाज घर्तिगाउँ रोल्पाका स्टेशन म्यानेजर बुद्धिमान वली,लागाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले अमेरिकाबाट सहयोग पठाउने र समन्वय गर्ने उद्योग बाणिज्य संघ रोल्पाप्रति आभार प्रकट गर्नु भएको थियो ।गत भाद्रमा परेको अबिरल बर्षात का कारण माडी गाउँपालीका ५ भाबाङका बिभिन्न स्थानमा परी करिव ३० घरहरुमा क्षति पुगेको थियो । उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व कमार चन्दको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको समापन संघका उपाध्यक्ष केशव आचार्यले गर्नु भएको थियो भने कार्यक्रमको संचालन संघका कार्यालय सचिव दुर्गा केसी गर्नुभएको आयोजकले बताएको छ । त्यस्तै आज नै रोल्पा अमेरिका समाजको सहयोगमा र रोल्पा उद्योग बाणिज्य संघको आयोजनामा बाढि पहिरो पिडीत घरपरिवार ६० हजार ५ सय रमक हस्तान्तरण गरिएको छ ।

194 total views, 1 views today