प्रदेश स्तरीय भलिबल रेफ्री तालिम आज पनि जारी

मालश्री अनलाइन, २९ पाैष । परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर रोल्पामा आज पनि लुम्बिनी प्रदेश स्तरीय भलिबल रेफ्री तालिम जारी रहेको बताइएको छ।परिवर्तन गाउँपालिका खेलकुद विकास समिटीका सचीव दीपेन्द्र कुमार डाँगीका अनुसार लुम्बिनी प्रदेश भित्रका १२ ओटै जिल्लाबाट प्रत्येक जिल्लाबाट २जना गरि २४ जना,नेपाल आर्मीबाट २ जना,नेपाल प्रहरीबाट २ जना,शस्त्र प्रहरीबाट २ जना,रोल्पा जिल्लाको १० स्थानीय तहबाट १र१ जना,परिवर्तन गाउँपालिकाका ६ वडाका २जना गरि १२ जना र कर्णाली प्रदेशको सल्यान जिल्लाबाट २ जना गरि जम्मा ५० जना प्रशिक्षार्थीहरुको तालिममा सहभागी रहेको बताउनु भएको छ ।

 

 

साथै प्रदेश स्तरीय भलिबल रेफ्री तालिमको प्रशिक्षकमा नेपाल भलिबल संघका केन्द्रिय अध्यक्ष तथा अन्तर्राष्ट्रिय भलिबलका रेफ्री गौतम प्रसाद लासिवा रहनु भएको छ। उक्त रेफ्री तालिम १ हप्ता सम्म जारी रहने आयोजकको भनाइ रहेको बताइएको छ । कार्यक्रमको मुख्य उद्देश्यूभलिबल खेलकुदलाई ग्रामीण क्षेत्रमा विकास र विस्तार गर्न,खेलाडीहरुलाई खेलको नीति नियमको पालना गराउन र खेलाडीहरुले खेललाई सिस्टममा लैजानको लागिूप्रदेश स्तरीय भलिबल रेफ्री तालिमको आयोजना गरिएको त्यहाँबाट हाम्रा सहकर्मी सुर्य प्रकाश बुढामगरले जानकारी दिनुभएको छ

85 total views, 2 views today