रोल्पामा बालबिबाह गर्न लागेको एक जोडी १ घण्टा प्रहरीको नियन्त्रणमा

मालश्री अनलाइन, १ माघ । होलेरी रोल्पामा बालबिबाह गर्न लागेको एक जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय होलेरीको एक हप्ते बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी अभियानको थालनी गरेको पाँचौ दिन, गाउँगाउँ पुगेको ईलाका प्रहारी कार्यालय होलेरीको टोलिले त्रिबेणी गाउँपालिका वडा नम्बर २ दहबन स्थित बालबिबाह हुन लागेको आफुहरुको अभियानकै क्रममा थाह पाएपछि बालबालिका र अबिभाबकलाई समेत नियन्त्रणमा लिएर सम्झाईबुझाई अभिभावकको जिम्मा लगाइएको ईप्रका होलेरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो।आफुहरुले दक्षिणी रोल्पाका विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रम गरिरहदा दुर्गममा बालबिबाह र आत्महत्या न्यूनीकरणको शुरूवात गरेको केहि दिन नबित्दै अभियानकै क्रममा यस्तो घट्ना घट्नु चेतनाको अभाव भएको बताउँनुभयो। अभियानकै क्रममा स्थानिय नागरिकको घरदैलोमा पुगी बालबिबाह,लैङ्गीक हिंसा र आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामुलक जानकारी दिने गरिएको प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभएको छ। यो अभियान अझै २ दिन सम्म चल्ने जानकारी प्राप्त भएको छ ।

81 total views, 1 views today