धाङसी खोलामा निर्माणाधीन पक्कि पुलको मुख्य मन्त्री शंकर पोख्रेलद्धारा शिलान्यास

मालश्री अनलाइन, माघ १७ गते । रोल्पाको सदरमुकाम लिवाङ स्थित धाङसी खोलामा निर्माणाधीन  पक्कि  पुलको शनिबार लुम्विनी प्रेदेशका मुख्य मन्त्री शंकर पोख्रेलले शिलान्यास गर्नु भएको छ । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिकरराज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको जनाइएको छ । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । ५ करोड ६१ लाखको लागतको स्टमेट गरिएको निर्माण व्यवसायी राजविर घर्तिले बताउनु भयो । अबको एक वर्ष भित्र गाडी गुडाउन सकिने समेत बताउनु भयो । शिलान्यास कार्यक्रममा पोख्रेलले जहा निर्मात कार्य सुरु हदैन त्यहा विरोधका कार्यक्रम सुरु हने हुने बताउनु भयोे मदन भन्डारी लोक मार्गले रोल्पा जिल्लालाई छुने समेत बताउनु भयो । रोल्पा अस्पातालको भवन निमार्णमा प्रदेश सरकारले सहयोग गरेको बताउनु भयो। कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी,जिल्ला समुन्यय समितिका प्रमुख राज बहादुर वुढा, नगर प्रमुख पुर्ण केसी लगायतको उपस्थिति रहेको थियो

 

346 total views, 1 views today