समृद्ध रोल्पा बनाउन फेरी सारा रोल्पाली एक पटक एकजुत हुनु पर्ने पुर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराई

मालश्री अनलाइन, माघ १८ गते । कृषि, जलबिधुत, जडिबुटी, प्रर्यटन, खानि तथा खनिज पदार्थ लगाएत रोल्पा जिल्लाको आर्थिक क्षेत्रको सम्भाब्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पर्ण भएको छ । रोल्पा उद्योग बाण्ज्यि सँघ रोल्पाको आयोजना नेपाल सरकारका पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टाईको प्रमुख आथित्यतामा उत्त कार्य अन्र्तरक्रिया कार्यक्रम सम्पर्ण भएको रोल्पा उद्योग बाणिज्य संघले जानकारी दिएको छ । अन्तरक्रिया कार्यक्रमा सहभागि बिभिन्न ब्यतिहरुले रोल्पा जिल्लाको कृषि, जलबिधुत, जडिबुटी, प्रर्यटन, खानि तथा खनिज पदार्थ लगाएत सम्भाबित क्षेत्रको पुर्ब पधानमन्त्री डा.बाबुराम भट्टाईलाइ जानकारी एवंम त्यसको खोज अनुसन्धान कसरी गर्न सकिन्छ भनेर चासो राखेका थिए । अन्रक्रिया कार्यक्रममा उठेका प्रशनहरुको जिज्ञासा पर्ब प्रधानमन्त्री डा.भट्टाईले लामो समय आफू दश बर्षे ससत्र युद्धको समयमा रोल्पाको भुमिमा बिताएको अनुभब सुनाउदै, रोल्पाली फेरी एक पटक समृद्ध रोल्पा बनाउनको एक जुट भएर लाग्न आग्रह गर्नु भएको छ ।

 

 

 

अहिले पनि आम नेपालीमा परम्परात सोच र चिन्तनकै कारण देशमा सोचे जस्तो बिकासले फट्को मार्न नसको हुनाले अब सबै नेपाली नागरिक त्यो सोच बाट माथि उथ्नु पर्नेमा जोड दिनु भएको थियो । समृद्ध राष्ट निमार्ण गर्नको लागी प्रत्यक्ष राजनीतिक कारणले मुख्य प्रभाब पार्ने भएको हुनले देशमा स्थिर खालको रानीतिक र सरकार नहँुदा पनि देश यो हालतमा पुगेको बताउनु भयो । फरक प्रसंगमा बोल्दै पुर्ब प्रधानमन्त्री डा. भट्टराईले केपि ओली हित्लर बन्न खोजेको र उनले घोषणा गरेको चुनाब पनि नहुने मा ढुक्क हुन सबैलाई आग्रह गर्नु भएको थियो । ओली देशलाई बरबादीमा धकेलेको हुनाले ओली र ओली सरकारको बिरुद्धमा एक जुट भएर लाग्नेको लागी पनि सबैलाई आग्रह गर्नु भएका थियो । उत्त अन्तरक्रिया कार्यक्रममा पुर्ब सांसद लेखनाथ आचार्य, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य किशोर कुमार आचार्य, जिल्ला समन्वय समिती रोल्पाका कार्य बाहक अध्यक्ष कर्मलाल परियार, रोल्पा नगरपालीका मेयर पुर्ण केसि , लुङग्री गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का, परिर्बतन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी,थबाङ गाउँपालिका अध्यक्ष बिर बहादुर घर्ति, नेपाली कांग्रेस रोल्पाकी प्रतिनिधी कबिता उपाध्याय, साहेक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसि, नेपाली कांग्रेस रोल्पाका जिल्ला निवर्तमान पार्टी सभापति एवंम समाज सेब कृष्ण बहादुर घर्ति मगर, अधिबत्ता जित बिक्रम मल्ल गैर सरकारी महासंघका केन्द्रिय सदस्य शोभाराम डागी, लगाएत जिल्ला स्थित बिभिन्न सरकारी, गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सुरक्षा निकाएका प्रमुख पत्रकार लगाएतको पनि उपस्थिति रहेको थियो । उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष एवंम रोल्पा उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष बालकृष्ण सुबेदीको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन रोल्पा उद्योग बाणिज्य संघका महासचिब मिलन रोका मगरले गर्नु भएको थियो ।

 

 

 

 

 

 

301 total views, 2 views today