ओली सरकारको असंबैधानिक कदम बिरुद्ध रोल्पाको लिबाङमा बिरोध प्रदर्शन

मालश्री अनलाइन, माघ १९ गते । बर्तमान केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पर्न भएको छ । नेपाली कांग्रेसका भातृ संघ,संगठनहरुको आयोजनाका बिरोध कार्यक्रम सम्पर्न गरिएको हो । नेपाल महिला संघ रोल्पाकी सभापति पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको बिरोध सभा कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्य रहुनु भएको थियो ।

बिरोध सभामा नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सभापती माधब प्रसाद आचार्य, तरुण दल रोल्पाका अध्यक्ष तिलक बुढाथोकि, दलित संघका केन्द्रिय सदस्य धन बहादर रसायलि, आदिले बिरोध सभालाई सम्बोधन गर्नु भएको थियो । भने कार्यक्रममा, नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीका संयोजक जनक पुन, नेपाल महिला संघकि केन्द्रिय सदस्य मिश्री कुमारी हमाल, तरुण बिभागकी केन्द्रिय सदस्य श्रीकुमारी रोका मगर दलित संघ रोल्पाका अध्यक्ष हिरालाल नेपाली, नेपाल तरुणदल रोल्पा जिल्ला क्षेत्र न. १ क का क्षेत्रिय अध्यक्ष केशर बिष्ट, नेपाल तरुणदल रोल्पा जिल्ला क्षेत्र न. २ ख का क्षेत्रीय सभापती तिरजपति बुढा मगर लगाए जिल्लाका क्रियाशिल नेपाली कांगे्रस पार्टी प्रति आस्थावान बिभिन्न भातृ संघ,संगठनहरुको बिरोध कार्यक्रमा सहभागिता रहेको थियो । भने बिरोभ सभा कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थि संघ रोल्पाका अध्यक्ष शेर बहादुर थापाले गर्नु भएको थियो ।

 

 

337 total views, 1 views today