नेपाली काँग्रेस संसद पुःनस्थापनाकै पक्षमा छ – डा. डिला संग्रौला

मालश्री अनलाइन, माघ २३ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य माननिय तथा छाँया सरकारका श्रम मन्त्री डा. डिला स्रगौला रोल्पा आएको अवसरमा पत्रकार भेटघाटको अयोजना गरिएको हो । प्रेस युनियन जिल्ला शाखा रोल्पा अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतमा भएको कर्याक्रमको प्रमुख अतिथमा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा छाया सरकारका श्रममन्त्रि डा डिला स्रगौला रहनु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय कोषध्यक्ष जानुका सिङ, नेपाली कांग्रेस लुम्वीनी प्रदेशका माननीय दलका सचेतक निर्मला क्षेत्री, शोभा चेम्जुङ पालुङ्गा, नेपाल महिला संघकि केन्द्रिय सदस्य गिरीजा न्यौपाने, मिश्री हमाल, नेपाल महिला सघं दाङकि सभापती गोमा राउत, नेपाल महिला सघं रोल्पाका सभापती पुष्पा श्रेष्ठ, नेपाल प्रेष युनियन जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष कविता उपाध्य, नेपाल पत्रकार महासघं जिल्ला शाखा रोल्पाका सस्थापक अध्यक्ष काशीराम डागी, लगाएत विभिन्न सञ्चार माध्याममा कृयाशिल पत्रकारहरुको उपस्तीथत रहेको थियो ।

 

पत्रकार भेटघाट कार्यक्रममा वोल्दै प्रमुख अतिथी डा. संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले जनमतको चिरहरण गरेको बताउनु भयो । आँफैले बनाएको संविधान, कानुन तथा बिधि बाहिर गएर प्रतिनिधिसभा बिघटन गरेर प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लादेको समेत बताउनु भयो । यसका साथै संसद पुःन स्थापना नभएमा अझ शसक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिनु भएको छ । चुनाब हुन्छ भनेर कोहि पनी भ्रममा नपर्न आग्रह समेत गुर्न भएको हो । चुनाब कुनैपनी हालतमा नहुने ठोकुवा समेत गर्नुभयो । पत्रकार हरुको जिज्ञासामा वोल्दै केन्द्रिय सदस्य डा. संग्रौलाले यो देशको लोकतान्त्रीक पार्टि भनेको एक मात्र पार्टि नेपाली कांग्रेस भएको, यो दुइ तिहाइको वली नेतृत्वको कम्युनिष्ट सरकारले देशलाइ यो अवस्थापमा पुर्याएको हुनाले अवको साच्चिकै समृद्ध देश निर्माण बनाउने जिम्मा कांग्रेसको काँधमा आएको हुदा त्यो जिम्मा बहन गर्नको लागी काँग्रेस तयारी रहेको बताउनु भयो । संसद पुःनस्थापनको पक्ष र चुनाबको पक्षको विषयमा पार्टिमा विवाद भएको भन्ने कुरा जसरी वाहिर आएको छ, त्यो कुनै सत्यता नभएको दावि समेत गर्नु भयो । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाकि सह–सचिव हिमाली खड्काले गर्नुभएको आयोजकले जानकारी दिएको छ ।

 

183 total views, 1 views today