नेपाली कांग्रेसको सुभेच्छुक सघंहरुको मौनता प्रद्धर्शन लिबाङमा सम्पन्न

मालश्री अनलाइन, माघ २४ गते । केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका सुभेच्छुक सघंहरुको आयोजनामा विरोध सभा कार्यक्रम सम्पन्न गरिएको हो । जिल्लामा कृयासील पार्टिका सुभेच्छुक सघंसंगठनहरु, नेपाल टे«ड युनियन कांग्रेस, नेपाल शिक्षक सघं, नेपाल डमाक्रेटिक लयर्स यसोसीयसन, नेपाल प्रेस युनियन, प्रजातन्त्रीक प्रध्यापक सघं, नेपाल निजामती कर्मचारी युनियन, सेन्टरफर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, नेपाल सास्कृतिक सघं, लेखक सघं आदिले संयुक्तरुपमा विरोध सभाको आयोजना गरेको सेन्टरफर डेमोक्रेटिक इन्जिनियर्स नेपाल रोल्पाका उपाध्यक्ष संकल्प वुढाथोकिले जानकारी दिनुभएको छ ।

नेपाल टे«ड युनियन कांग्रेस रोल्पाका अध्यक्ष अभिमानसिङ घर्तिको नेतृत्वमा भएको विरोध सभा कार्यक्रमम नेपाली काग्रेस रोल्पाका निवर्तमान पार्टि सभापती कृष्ण बहादुर घर्तिमगर, पुर्व पार्टि सभापती माधवप्रसाद आचार्य, पूर्व संसद लेखनाथ आचार्य, नेपाल लेखक सघंका केन्द्रिय सदस्य दामु मर्सिफुल, नेपाल शिक्षक सघंका केन्द्रीय सदस्य शालीकराम सुवेदि, नेपाल महिला सघं रोल्पाकि सभापती पुष्पा श्रेष्ठ, नेविसघं रोल्पाका अध्यक्ष शेरवहादुर थापा, तरुनदल रोल्पाका सचिव लिलाधर आचार्य लगाएत सुभेच्छु सघंका प्रमुख प्रतिनिधिहरु, नेपाल शिक्षक सघं रोल्पाका सचिव चुर्न केसी, सेन्टरफर डेमोक्रेटिक इन्जिनियर्स नेपाल रोल्पाका अध्यक्ष लोकेन्द्र बुढा, नेपाल निजामति कर्मचारी युनियन सघंका सचिव सागर लामीछाने, प्रजातान्त्रीक प्रध्यापक सघंका गोर्कण पुन, प्रजातान्त्रीक विचार समाज रोल्पाका अध्यक्ष कृष्ण न्यौपाने, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द लगाएतको उपस्तीथी रहेको थियो । भौतिक दूरी कायम गरी कालो पट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकि नेपाली कांग्रेसको पार्टि कार्यालय बाट सुरु भएको मौन प्रद्धर्शन बजार परिक्रमा गरि टुडिखेलमा पुगी आधि घण्टा मौनता प्रद्धर्शन गरी समापन गरिएको अयोजकले जानकारी दिएको छ । नेपाली कांगेसले प्रतिनिधि सभा विघटन विरुद्ध चरणबद्ध आन्दोलन गर्दे आएको छ ।

 

 

 

321 total views, 1 views today